आशारिका फाउण्डेशनद्वारा 6 वटा 'डे केयर' केन्द्रहरूको सञ्चालन
आशारिका फाउण्डेशनद्वारा 6 वटा 'डे केयर' केन्द्रहरूको सञ्चालन


सोनादा, 06 जुलाई (हि.स.)। अत्यन्तै विपन्न तथा असहाय अवस्थाका बिरामीहरूलाई सहयोग गर्दै आइरहेको आशारिका फाउण्डेशनले हाल रंगबुल र बन्द भइसकेका चिया बगानहरू धोत्रिया बालासन, तुङसुङ, सिडर्स, मुण्डा र चन्द्रमानधुरामा 6 वटा 'डे केयर' केन्द्रहरू सञ्चालन गरिरहेको छ। यी केन्द्रहरूमा जीवनका आधारभूत सुविधाबाट वञ्चित बाल बालिकाहरूको लुकेका प्रतिभाहरूलाई खोज र प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिन्छ।

यही उद्देश्य अनुरूप आशारिका फाउण्डेशनले बाल गायकहरू, महिला फुटबल खेलाडीहरू लगायत विभिन्न क्षेत्रमा सक्रिय बाल प्रतिभाहरूलाई अगाडि बढाउने अभियान चलाउँदै आएको छ। यही अभियान अन्तर्गत फाउण्डेशनले लगभग एक वर्षदेखि चन्द्रमानधुरा डे केयर केन्द्रमा अध्ययनरत् 14 वर्षीय आशुतोष राईलाई पनि निरन्तर प्रोत्साहित गर्दै आइरहेको छ।

आशुतोष एक प्रतिभाशाली बाल कलाकार हुन्, जसले छोटो अवधिमा उल्लेखनीय सफलता हासिल गरेका छन्। गत वर्षभित्र उनले दुईवटा ‘सिट एण्ड ड्र’ प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका छन्। ती प्रतियोगिताहरू बाघालधुरा, रंगमुक र रंगबुल गुम्बा परिसरमा सम्पन्न भएका थिए। उनका चित्रहरू सामाजिक यथार्थ, बालकल्पना र सन्देशमूलक पक्षहरूसँग गहिरो सम्बन्ध राख्ने खालका छन्।

आशारिका फाउण्डेशनले यस्ता प्रतिभाशाली बालबालिकालाई थप अवसर र मार्गदर्शन प्रदान गर्दै उनीहरूको उज्यालो भविष्य निर्माणतर्फ अग्रसर रहन प्रतिबद्धता जनाएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande