देवताहरूको तस्वीरको फ्रेममा लुकाएर गाँजा तस्करी गर्ने प्रयास, तृणमूल नेता सहित तीन पक्राउ
देवताहरूको तस्वीरको फ्रेममा लुकाएर गाँजा तस्करी गर्ने प्रयास, तृणमूल नेता सहित तीन पक्राउ


बीरभूम, 06 जुलाई (हि.स.)। देवी-देवताहरूको तस्वीर भएको काठको फ्रेममा गाँजा लुकाएर तस्करी गर्ने चेष्टा गरिरहेका तीनजना तस्करहरूलाई पक्राउ गरियो। यी तस्करहरूबाट लगभग 12 किलोग्राम गाँजा जफ्त गरिएको छ। आरोपीहरूमा एकजना असम निवासी छन् भने दुईजनामा एकजना तृणमूल कंग्रेसका नेता लालन शेख हुन् जो नारायणपुर पञ्चायतको सदस्य पनि हुन्।

आइतवार पुलिसले बतायो, गए शनिवार तीनैजना आरोपीहरू एउटा बसमा सवार भएर बहरमपुरदेखि रामपुरहाट बस स्ट्याण्ड पुगेका थिए। त्यहाँबाट यिनीहरू अन्य स्थानमा जानका लागि रामपुरहाट माड़ग्राम मोड़मा बसेका थिए। सोही समय गुप्त सूचनाको आधारमा पुलिसले उनीहरूलाई हिरासतमा लियो। उनीहरूको ब्यागको जाँच गर्दा ब्यागभित्र देवी-देवताहरूको तस्वीरको फ्रेमभित्र राखिएको प्रचुर मात्रामा गाँजा भेटियो।। त्यसपछि तीनैजनालाई पक्राउ गरी रामपुरहाट थानामा लगियो।

पुलिसले आशंका व्यक्त गरेको छ, नजिकैको तारापीठ मार्केटमा देवी-देवताहरूको तस्वीरको पसल छ। त्यहाँ यी तस्वीरहरूक माध्यमबाट गाँजा तस्करी गरिँदैथ्यो ताकि कसैलाई शंका नहोस्। यस्तो लाग्छ, बहरमपुरदेखि बीरभूम जिल्लामा गाँजा तस्करी गर्ने एउटा नियमित रूट बनिसकेको छ।

यस मामिलामातृणमूल कंग्रेसकाअञ्चल अध्यक्ष अमातुल्ला (मिलन)-ले भने, हामीले रामपुरहाटका विधायकलाई सूचित गरेका छौं। हामीले पार्टीको तर्फबाट माग गरेका छौं,लालन शेखलाई तुरून्त पार्टीबाट निष्कासित गरियोस्। अन्तिम निर्णय पार्टीका उच्च पदाधिकारीहरूले लिनेछन्।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande