विदेशी धरतीमा किसानपुत्रले बजायो देशको डंका, वर्ल्ड पुलिस एण्ड फायर गेम्समा जिते गोल्ड
विदेशी धरतीमा किसानपुत्रले बजायो देशको डंका, वर्ल्ड पुलिस एण्ड फायर गेम्समा जिते गोल्ड


मिरजापुर, 6 जुलाई (हि.स.)। जमालपुर क्षेत्रको खिरौड़ी गाउँको किसान परिवारबाट आएका शेखर कुमार पाण्डेयले अमेरिकामा देशको झण्डा फहराएका छन्। कठिन परिस्थिति अनि सीमित संसाधनहरूबीच पनि आफ्नो जोश र प्रतिभाको दममा शेखरले यूएसएको अलबामा प्रान्तको बर्मिघम शहरमा आयोजित वर्ल्ड पुलिस एण्ड फायर गेम्स-2025 को पोल वल्ट स्पर्धामा स्वर्ण पदक जितेर भारत मात्र नभेर सम्पूर्ण उत्तर प्रदेश अनि मिरजापुर जिल्लाको सुनाम फैलाएका छन्।

गए 5 जुलाईमा सम्पन्न भएको फाइनल खेलमा शेखरले पाँच मीटर छलांग लगाएर आफ्नो रूसी प्रतिद्वन्द्वीलाई परास्त गरे अनि गोल्ड मेडल आफ्नो नामा पारे। यसपूर्व गत 2 जुलाईमा डेकाथलान स्पर्धामा रजत पदक हत्याएर उनले देशलाई गौरवको अर्को अवसर दिएका थिए।

शेखर वर्तमानमा सीआईएसएफमा सब इन्स्पेक्टरको पदमा कार्यरत छन् भने बेंगलुरु एयरपोर्टमा तैनाथ छन्। वर्ष 2021-मा उनको नियुक्ति भएको थियो। उनको जीतको खबर फैलिनसाथ परिवार अनि क्षेत्रमा खुशी व्याप्त भएको छ। उनका पिता नन्दलाल पाण्डेय किसान हुन् भने आमा सीता देवी गृहणी हुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande