राजस्थानका मुख्यमन्त्री र विधानसभा अध्यक्षले राज्यपाल माथुरसॅंग भेट गरे
राजस्थानका मुख्यमन्त्री र विधानसभा अध्यक्षले राज्यपाल माथुरसॅंग भेट गरे


गान्तोक, 6 जुलाई (हि.स.)। राजस्थान प्रवासकाे क्रममा आज राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। यस भेट अवधि दुवै गणमान्य व्यक्तिहरूले सिक्किम र राजस्थानका विकासात्मक पक्षहरूमाथि विस्तारपूर्वक चर्चा गरे। यसैगरी, पर्यटन क्षेत्र र पर्यावरण संरक्षणकाे क्षेत्रमा राज्य सरकारहरूले अपनाएका हरित पहलहरूमाथि विशेष रूपमा चर्चा भएकाे बताइएकाे छ।

यसरी नै आज राजस्थानका विधानसभा अध्यक्ष वासुदेव देवनानीले पनि राज्यपालसॅंग भेट गरे। यस अवसरमा समसामयिक विषयहरूमाथि चर्चा भएकाे राजभवनले आज विज्ञप्तिमा बताएकाे छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande