जयपुर, 6 जुलाई (हि.स.)। मुख्यमन्त्री भजनलाल शर्माले भने, जयपुरको रत्न औ आभूषण उद्योग हाम्रो सांस्कृतिक औ ऐतिहासिक धरोहरको अभिन्न अंग हो। राज्य सरकार यस उद्योगलाई हरसम्भव सहायता एवं प्रोत्साहन प्रदान गरी सशक्त बनाउनको लागि प्रतिबद्ध छ। उनले भने, जयपुरको कुन्दन र मिनाकारी कलाले दुनियाँभरि नै आफ्नो धाक जमाइरहेको छ।विश्वमा पाइने अधिकांश रंगीन रत्नहरूको व्यापार जयपुर भएरै गुज्रिन्छ। त्यसैले हामी जयपुरलाई ’विश्वको रत्न राजधानी’- को उपाधि दिन सक्छौ।
मुख्यमन्त्री शर्माले गए शनिवार राती सीतापुरास्थित जेईसीसीमा ज्वैलर्स एसोसिएशन जयपुरद्वारा आयोजित ज्वैलर्स एसोसिएशन शो-2025 को दोस्रो दिन ज्वैलरी एमिनेन्स अवार्ड्स समारोहलाई सम्बोधन गरिरहेका थिए। उनले भने, जयपुर विश्वको सबैभन्दा विशाल रत्न बजारहरूमध्ये एक हो। यहाँका कारीगरहरू रत्नहरूलाई तिखार्न र त्यसको गुणस्तरलाई विश्वस्तरीय बनाउनमा निपुण छन्।
उनले भने, युवाहरूलाई यस क्षेत्रमा कौशल प्रशिक्षण प्रदान गरी उनीहरूको लागि सम्भावनाहरूको नयाँ द्वार खोल्न सकिन्छ। शर्माले भने, रत्न एवं आभूषण उद्योगमा महिलाहरूको संंलिप्तता बढ़्नुपर्छ जसबाट यस क्षेत्रको अधिक विस्तार हुनेछ अनि हाम्रा दिदी-बहिनीहरू आत्मनिर्भर बन्न सक्नेछन्।
मुख्यमन्त्रीले भने, प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा हाम्रो देशले हरेक क्षेत्रमा तीव्र गतिमा विकास गरिरहेको छ र स शोको माध्यमबाट देशको ज्वैलरी क्षेत्र पनि देशको विकाससँगसँगै कदमताल मिलाइरहेको छ। उनले भने, सूक्ष्म, लघु औ मध्यम उद्यम मन्त्रालयले यस वर्ष जेेएएसमा भाग लिने 60 जना प्रदर्शकहरूलाई अनुदान स्वीकृत गरेको छ जुन केन्द्र सरकारको यस उद्योगप्रति विश्वास अनि समर्थनको प्रतीक हो।
शर्माले भने, राजस्थानको औद्योगिक क्षेत्रमा अपार सम्भावनाहरू छन्। राज्य सरकारद्वारा आयोजित राइजिंग राजस्थान ग्लोबल इनबेस्टमेन्ट समिटमा 35 लाख करोड़ रुपियाँभन्दा अधिकको निवेश एमओयू भएको छ।हामीले रत्न एवं आभूषण उद्योगलाई नयाँ शिखरमा पुऱ्याउनको लागि केही कदम उठाएका छौं।
शर्माले भने, ज्वैलर्स एसोसिएशन जयपुर देशको पुरानो औ प्रतिष्ठित रत्न एवं आभूषण व्यापार संगठन हो। यसले पछिल्लो एक शताब्दिदेखेकै यस व्यवसायलाई संगठित तथा सशक्त बनाउनको साथै हाम्रो समृद्ध आभूषण कलालाई वैश्विक मञ्चमा पहिचान दिलाउनमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ। यिनीहरूद्वारा आयोजित ज्वैलर्स एसोसिएशन शो जयपुरको वैश्विक पहिचानलाई अझ सशक्त बनाउने एउटा मञ्च हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा