गान्तोक, 06 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आइतवार बिहान सिक्किमकी एक युवा उदीयमान फुटबल खेलाड़ी अभिस्ता बस्नेतलाई उनको सरकारी आवासमा भेट गरे। उनी रीवाज बस्नेत र शकिला राईकी सुपुत्री हुन्। उक्त जानकारी मुख्यमन्त्रीले आफ्नो सामाजिक सञ्जालमा साझा गरेका छन्।
मुख्यमन्त्रीले अभिस्ता बस्नेत आगामी सेप्टेम्बर र अक्टोबर 2025 मा हुने साफ र एएफसी महिला कप क्वालीफायरको तयारीको लागि बेङ्गलुरुमा अण्डर-17 महिला राष्ट्रिय टोली शिविरको लागि छनोट भएकोमा खुशी व्यक्त गरेका छन्। उनले बस्नेतको उपलब्धि सिक्किमको लागि गर्वको क्षण तथा उनको प्रतिभा, समर्पण र कडा परिश्रमको प्रमाण रहेको बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल