क्षेत्रीय परिवहन अधिकारीले सपत्नी गरे आत्महत्या
क्षेत्रीय परिवहन अधिकारीले सपत्नी गरे आत्महत्या


चेन्नई, 6 जुलाई (हि.स.)। नमक्कल जिल्लामा आइतवार बिहान एकजना क्षेत्रीय परिवहन अधिकारीले आफ्नी पत्नीसितै वागरमपट्टी नजिक गुड़िरहेको ट्रेन सामु हाम फालेर आफ्नो जीवन लीलालाई समाप्त गरे। पुलिसले जाँचपछि शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो।

भनिन्छ, 40 वर्षीय सुब्रमणि, तिरूचिमा क्षेत्रीय परिवहन अधिकारीको रूपमा कार्यरत थिए भने उनकी पत्नी प्रमिला पञ्चायत यूनियन प्राथमिक स्कूलमा शिक्षिका। आज बिहान मानिसहरूले रेलवे ट्र्याकमा दुईवटा शवलाई देखेर पुलिसलाई सूचना दिए। नमक्कल जिल्ला पुलिसले घटनास्थलमा पुगेर सवहरूलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि नमक्कल सरकारी अस्पतालमा पठाइदियो।

प्रारम्भिक जाँचमा सामु आयो, दम्पति ठूलो ऋणमा डुबेको थियो जसकारणले उनीहरूले यो आत्मघाती कदम उठाए। यद्यपि पुलिसले अन्य सम्भावित एंगलहरूबाट पनि जाँच गरिरहेको छ। एकजना वरिष्ठ पुलिस अधिकारीले बताए, पुलिसले यस दुःखदायी घटनाका सबै सम्भावित कारणहरूको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande