खाली घरको फाइदा उठाएर गरियो चोरी
खाली घरको फाइदा उठाएर गरियो चोरी


सिलगढ़ी, 06 जुलाई (हि. स.)। फुलबाड़ीको पूर्व धनतलामा अवस्थित एउटा खाली घरको फाइदा उठाएर चोरहरूले गहना अनि लाखौं रुपियाँ नगद चोरी गरेका छन्। चोरहरूले झ्यालको फलामको ग्रिललाई काटेर भित्र पसी घटनालाई परिणाम दिएका छन्। यो घटना गए शनिवार अबेर राति भएको हो।

प्राप्त जानकारी अनुसार घर मालिक मोमिनुल हक पेशाले व्यापारी हुन् जसले मेलाहरूमा पसल राख्छन्। शनिवार तिनी सपरिवार अम्बिकानगरस्थित रथ मेलाको पसलमा थिए। राति लगभग डेढ़ बजी फर्किँदा घरका सामानहरू यत्रतत्र छरिएका थिए। घरको झ्यालको फलामको ग्रिल पनि भत्किएको थियो। तब उनीहरूलाई घरमा चोरी भएको अनुभूत भयो। मोमिनुल हकले बताए, चोरहरूले झ्यालको ग्रिल भत्काएर घरभित्र पसी चोरीको घटनालाई परिणाम दिए। घरमा राखिएको 70 हजार रुपियाँ नगद, आभूषण अनि मोबाइल फोन चोरी भएको छ। सूचना पाएर एनजेपी थानाको पुलिस घटनास्थलमा पुगी जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande