कोलकाता, 08 जुलाई (हि. स.)। नौ जुलाईमा केन्द्र सरकारका नीतिहरूको विरोधमा विभिन्न केन्द्रिय ट्रेड यूनियनहरूद्वारा डाकिएको देशव्यापी हड़तालमा धेरैवटा श्रमिक संगठनहरू सामेल हुनेछन्। तर पश्चिम बंगाल सरकारले यस हड़तालको दिन आम जनतालाई कुनै पनि प्रकारको समस्या हुन नदिनको लागि कड़ा कदम उठाउने फसेला गरेको छ। राज्य परिवहन विभागले आश्वस्त पारेको छ, त्यस दिन बस, ट्याक्सी फेरी सहित तमाम परिवहन सेवाहरू सामान्य रहनेछन्।
सरकारले घोषणा गरेको छ, हड़तालको दिन बिहान 6 बजीदेखि नै कन्ट्रोल रूम सक्रिय रहनेछ। कुनै पनि आपत स्थितिको लागि हेल्पलाइन नम्बर 033-22361916, 0462, 0463 र 8697733391 जारी गरिएको छ। परिवहन विभागले सीएसटीसीको तर्फबाट प्रतिशिफ्ट 5 सयवटा बस, सीसीटीका 2 सयवटा अनि डब्ल्यूबीएसटीसीका 70 वटा बस चलाउने योजना बनाएको छ। अधिकांश रूटहरूमा दुई-तीन शिफ्टमा बस चल्नेछ। यस अतिरिक्त 25 वटा फेरी सेवा र दुईवटा ट्राम सेवा पनि उपलब्ध रहनेछ।
राज्य सरकारले सबै ड्राइभर, कण्डक्टर अनि परिवहनसित सम्बन्धित अन्य कर्मचारीहरूको छुट्टी रद्द गरिदिएको छ। सबै डिपो प्रबन्धकहरूलाी स्पष्ट निर्देश दिइएको छ, यातायातलाई सुचारू राख्नमा कुनै प्रकारको छुट दिइनेछैन।
असरकारी परिवहन संगठनहरू पनि सरकारसित मिलेर सेवा दिन तयार भएका छन्। जोइन्ट काउन्सिल अफ बस सिन्डिकेट, बस मिनीबस समन्वय समिति तथा अन्य निजी परिवहन संगठनहरूले भनेका छन्, सड़कहरूमा पर्याप्त संख्यामा बसहरू उपलब्ध रहनेछन्। एप आधारित ट्याक्सी सेवाहरू पनि सामान्य दिन सरह चल्नेछन्।अनलाइन क्याब अपरेटर्स गिल्डका महासचिव इन्द्रनील ब्यनर्जीले भने, सरकार विरोधी आन्दोलनमा आम मानिसहरूलाई सताउने कुनै आवश्यकता छैन।
तथापि केही संगठनहरूले हड़तालमा सक्रिय रूपमा सहभागी हुने घोषणै गरेका छन्। सीआईटीयू र एआईटीयूसी जस्ता संगठनहरूसित आवद्ध ट्याक्सी अनि क्याब चालकहरूले हड़तालको समर्थनमा नौ जुलाईको दिन आफ्नो सेवालाई बन्द राख्ने फसेला लिएका छन्। एआईटीयूसीसित सम्बन्धित ट्याक्सी यूनियनका संयोजक नवालकिशोर श्रीवास्तवले भनेका छन्, श्रमिकहरूको हितमा कुनै पनि वाहन सड़कमा उत्रिनेछैन।
यसबीच जोइन्ट काउन्सिल अफ बस सिन्डिकेटका महासचिव तपन बन्दोपाध्यायले भने, बसहरूको चाबी चालकहरूसित हुन्छ, उनीहरू आए निश्चित रूपमा बस चल्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा