बीएचयूका शोध विद्यार्थी एवं अध्यापकहरूको संस्कृति सफारी खेलौना दक्षिण एशियन बी2बी व्यापार शोमा चयनित
बीएचयूका शोध विद्यार्थी एवं अध्यापकहरूको संस्कृति सफारी खेलौना दक्षिण एशियन बी2बी व्यापार शोमा चयनित


वाराणसी, 08 जुलाई (हि.स.)। काशी हिन्दू विश्वविद्यालय (बीएचयू)- को दृश्य कला विभागका शोध छात्र एवं अध्यापकहरूद्वारा तयार गरिएको संस्कृति सफारी खेलौना दक्षिण एशियन बी2बी व्यापार शोमा चयनित भएको छ। यसलाई विभागका अन्तर्राष्ट्रिय शोध छात्र हिमेश बाबूलाल, सहायक प्रोफेसर सृष्टि प्रजापति, विभागाध्यक्ष प्रो. मनीष अरोड़ाको मार्गदर्शनमा संयुक्त रूपमा तयार गरिएको छ।

संस्कृति सफारी एक अभिनव खेल हो जो भारतीय बनारसी ज्ञान परम्परामाथि आधारित छ। यसमा बनारसको पारम्परिक काठको खेलौना, नौका, खाट, संगीत वाद्य, पण्डित परम्परा अनि जीआई ट्यागसित सम्बन्धित स्थानीय उत्पादहरूलाई समावेश गरिएको छ। यसको उदेश्य खेलको माध्यमबाट मानिसहरूलाई बनारसी बिरासत अनि भारतीय ज्ञान परम्पराको अध्ययन अनि अनुभव गराउनु हो।

विभागाध्यक्ष प्रो. मनीष अरोड़ाले बताए, नयाँ दिल्लीको भारत मण्डपम, प्रगति मैदानस्थित हल नम्बर-4 मा आयोजित दक्षिण एशियन बी2बी (बिजनेस टू बिजनेस) व्यापार शो-मा भारतीय परम्परा औ संस्कृतिमाथि आधारित खेलौनाको वैश्विक प्रतियोगिता आयोजना गरियो। यो कार्यक्रम 4 जुलाईदेखि 7 जुलाई, 2025-सम्म चल्यो जसको संयुक्त आयोजन भारतीय खेलौना संघ औ सृजन सञ्चार, नयाँ दिल्लीले गरेको थियो। प्रो.मनीष अनुसार यस प्रतियोगिताको मुख्य उद्देश्य थियो, नवाचारको माध्यमबाट भारतीय ज्ञान परम्परा र सांस्कृतिक विरासतलाई आधुनिक खेलौनाको रूपमा प्रस्तुत गर्नु। देशभरिका विभिन्न शैक्षणिक संस्थानहरूबाट लगभग 200 आवेदन प्राप्त भयो जसमध्ये श्रेष्ठ 12 श्रेष्ठ आवेदनहरूलाई चयन गरियो। यीमध्ये काशी हिन्दू विश्वविद्यालय, दृश्य कला विभागका शोध छात्र एवं अध्यापकहरूद्वारा तयार गरिएको संस्कृति सफारी खेलौना विशेष रूपमा सराहनीय रह्यो अनि यसलाई चयन गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande