‘सेफ ड्राइभ, सेभ लाइफ डे’-मा ममता ब्यनर्जीले जनतासित यातायात नियमहरूको पालन गर्ने आग्रह गरिन्
‘सेफ ड्राइभ, सेभ लाइफ डे’-मा ममता ब्यनर्जीले जनतासित यातायात नियमहरूको पालन गर्ने आग्रह गरिन्


कोलकाता, 8 जुलाई (हि.स.) । ‘सेफ ड्राइभ, सेभ लाइफ डे’- को अवसरमा पश्चिम बंगालकी मुख्यमनत्री ममता ब्यनर्जीले मंगलवार मानिसहरूसित जिम्मेवारीपूर्वक वाहन चलाउने अनि यातायात नियमहरूलाई पालन गर्ने अपील गरिन्। यस दिनलाई राज्य सरकारले सड़क सुरक्षाप्रति जनजागरण फैलाउने उदेश्यले मनाउँदै आइरहेको छ।

मंगलवार मुख्यमन्त्रीले एक्स (पूर्वमा ट्विटर)-को एक पोस्टमा लेखिन्, “आज हामी ‘सेफ ड्राइभ, सेभ लाइफ डे’ मनाइरहेका छौं। यो पहल सड़क सुरक्षाप्रति जागरूकता बढ़ाउने, जिम्मेवारी ड्राइभिंगका आदतहरूलाई प्रोत्साहित गर्ने तथा सबैका लागि सड़कहरूलाई सुरक्षित बनाउने उदेश्यले शुरू गरिएको थियो।”

ममता ब्यनर्जीले अझै भनिन्, “आउनुहोस् हामी सबैले यो संकल्प लिऔं कि जिम्मेवारीपूर्वक वाहन चलाउनेछौं, यातायात नियमहरूको पालन गर्नेछौं तथा सड़कहरूलाई सबैक लागि सुरक्षित बनाउनेछौं। सीट बेल्ट बाँध्नुहोस्! सुरक्षित ड्राइभ गर्नुहोस्।”

राज्य सरकारद्वारा शुरू गरियो यो पहल पछिल्लो केही वर्षदेखिको सड़क दुर्घटनाहरूलाई रोक्ने दिशामा एक महत्वपूर्ण प्रयास रहिआएको छ। ‘सेफ ड्राइभ, सेभ लाइफ’ अभियानको उदेश्य यातायात नियमहरूको पालनलाई प्रेरित गर्नु मात्र नभएर आम जनतालाई यसको महत्वप्रति जागरूक गराउनु पनि हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande