अचानक आएको बाढ़ीले पैह्रो गएपछि एकजना व्यक्तिको मृत्यु
अचानक आएको बाढ़ीले पैह्रो गएपछि एकजना व्यक्तिको मृत्यु


पुँछ, 07 जुलाई (हि.स.)। पुँछको लोरानस्थित बारियाको गाउँमा एकजना 58 वर्षीय व्यक्तिको अचानक आएको बाढ़ीको कारणले गएको पैह्रोमा पुरिएर मृत्यु भयो।

सम्बन्धित अधिकारीले बताए, यो घटना गए सोमवार राती पुँछको मण्डी खण्ड अधिनस्थ खोरीवाला क्षेत्रमा भएको हो। मृतकको पहिचान बारियाँको नगर निवासी अब्दुल समदाका छोरा गुलाम मोहम्मद (58)-को रूपमा भएको छ। उनले बताए, अचानक आएको बाढ़ीले गर्दा गएको पैह्रोमा पुरिएर तिनको घटनास्थलमै मृत्यु भयो। पछि स्थानीय मानिसहरू अनि पुलिसको टीमले बाढ़ी प्रभावित क्षेत्रबाट गुलामको शवलाई बाहिर निकाले। लोरन पुलिसले आवश्यक कानूनी कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande