उत्तर दिनाजपुर, 08 जुलाई (हि.स.)। दालखोलाको एउटा स्कूलका कर्मचारीमाथि पाँचौं कक्षाकी छात्रासित अश्लील व्यवहार गरेको आरोपलाई लिएर मंगलवार बबाल मच्चियो। छात्राका माता-पिता, आफन्त लगायत स्थानीय मानिसहरूले घटनाको विरोधमा प्रदर्शन गरे। भीड़ले स्कूल बाहिर रहेको आरोपीको फास्ट फुडको पसलमा आगो लगाइदियो।
प्राप्त जानकारी अनुसार गए सोमवार अपरान्ह एक जना छात्रा स्कूलको लाइब्रेरीमा किताब लिन गएकी थिई। लाइब्रेरियन नभएको कारण ढोका बन्द थियो। तर एक जना स्कूल कर्मचारीले ढोका खोलेर छात्रालाई किताब दिने बहानामा लाइब्रेरीभित्र लग्यो अनि उसित कथित रूपमा अश्लील कृत्य गऱ्यो। छात्राले घरमा पुगेर घटनाको बारेमा परिवारलाई बताई, त्यसपछि स्थानीय मानिस अनि अभिभावकहरूले मंगलवार स्कूलकी प्रधानाध्यिपाकालाई घेरेर विरोध व्यक्त गरे। त्यसपछि स्कूल सामु व्यापक विरोध प्रदर्शन गरे। पछि आरोपीको पसलमा आगो लगाइदिए जसबाट तनाउ उत्पन्न भयो। तथापि पछि दालखोला थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो। स्कूल प्रशासनले अहिलेसम्म यस मामिलामा कुनै प्रतिक्रिया दिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा