धुबड़ी (असम), 08 जुलाई (हि.स.)। धुबड़ी जिल्लाको चापर थानान्तर्गत मोछकागुरी गाउँमा गए अबेर राति भयानक सड़क दुर्घटना भयो। ईँटा लादिएको ट्रक अनियन्त्रित भएर गहिरो खाड़लमा झऱ्यो। भनिन्छ, ट्रक न्यू सरल ईँटा भट्टादेखि ईँटा लिएर गइरहेको थियो।
जानकारी अनुसार ट्रकमा चालक सहित अन्य छह जना मानिसहरू सवार थिए जसमध्ये दुईजनाको ज्यान बच्यो भने चार जना अहिले बेपत्तै छन्। आज बिहान फेरि जाँच अभियान शुरू गरिएको छ।
पानीभित्र ट्रकमा फसेका चालकको नाम रिजु अभयापुरी रहेको बताइएको छ। यस अतिरिक्त विशा बर्मन, लबेन बर्मन र विकास बर्मन नामक मानिसहरू ट्रकभित्र फसेको हुनसक्ने आशंका व्यक्त गरिएको छ। यिनीहरूको घर हाथीपोटा प्रथम खण्डमा रहेको छ। दुर्घटनामा समीर बर्मन र ममेन बर्मनको ज्यान बच्यो। यस घटनालाई लिएर क्षेत्रमा सन्त्राष व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा