एसडीएफ चेली मोर्चाको देन्ताममा निर्वाचन क्षेत्रस्तरीय बैठक सम्पन्न
एसडीएफ चेली मोर्चाको देन्ताममा निर्वाचन क्षेत्रस्तरीय बैठक सम्पन्न


गान्तोक, 08 जुलाई (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको चेली मोर्चा निर्वाचन क्षेत्रस्तरीय बैठक आज शाङ्खुस्थित देन्ताम ब्लकस्तरीय कार्यालयमा सम्पन्न भयो। बैठकमा निर्वाचन क्षेत्रको विभिन्न ठाउॅंहरूबाट चेली मोर्चा सदस्यहरू उपस्थित थिए।

चेली मोर्चा प्रभारी कोमल चामलिङको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा एसडीएफ प्रवक्ता योजना खालिङ पनि उपस्थित थिए। बैठक आयोजन गर्नुको उद्देश्य निर्वाचन क्षेत्रस्तरमा फ्रण्टल अर्गनाइजेशनको वर्तमान स्थिति समीक्षा गर्नु र पार्टीका भावी पहलहरूमाथि छलफल गर्नु रहेको एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा बताएको छ।

बैठकमा उपस्थित चेली मोर्चा सदस्यहरूले आफ्ना विचारहरू साझा गर्दै सामूहिम रूपमा भविष्यको कार्ययोजना तय गरे। बैठकमा सिक्किमका जनसाधारणले सामना गरिरहेका विभिन्न समस्याहरूमाथि चर्चा परिचर्चा गर्दै राज्यको बिग्रँदै गएको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरिएको बताइएको छ। सदस्यहरूले जनताको बढ्दो कठिनाइलाई सम्बोधन गर्ने तत्काल आवश्यकतामा जोड दिए भने चेली मोर्चाले जनताको लागि बलियो आवाज बन्ने प्रतिबद्धता दोहोर्‍याएको विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande