आणंद, 09 जुलाई (हि.स.)। गुजरातको आणंद जिल्लामा वर्षौं पुरानो ब्रिज ठूलो दुर्घटनाको शिकार भयो। यो ब्रिज भत्किँदा त्यहाँबाट गुज्रिरहेका दुई ट्रक, एक बोलेरो समेत चार वाहन महिसागर नदीमा झरे। यस अवधि तीन जनाको मृत्यु भयो जबकि अन्य तीन जनालाई स्थानीय नागरिकहरू र बचाउ टीमले रेस्क्यू गरी बचाएका छन्।
पादरा पुलिस र फायर ब्रिगेडको टीम घटनास्थलमा पुग्यो। स्थानीय तैराकहरूको मद्दतले वाहन सवार मानिसहरूको खोज गरियो। यस अवधि समीपवर्ती मुजपुर आदि गाउँहरूका मानिसहरू त्यहाँ पुगे। भनिन्छ, 1981 मा यस ब्रिजको निर्माण शुरू भएको थियो र 1985 मा यसलाई आम जनताको निम्ति खोलिएको थियो। केही सालदेखि यो जर्जर भएको थियो।
यो ब्रिज भत्किएपछि आणंददेखि वडोदरा, भरूच र अंकलेश्वरको सीधा सम्पर्क विच्छेद भएको छ। यो ब्रिज 'सुसाइड पोइन्ट' को रूपमा बदनाम रहेको छ। स्थानीय मानिसहरूको सतर्कता र तत्परताको कारण तीन जनालाई नदीबाट जिउँदो बाहिर निकाल्न सकिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी