नयाँ दिल्ली, 09 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्राजीलको सर्वोच्च नागरिक सम्मान 'ग्राण्ड कलर अफ द नेशनल अर्डर अफ द सदर्न क्रस' ले सम्मानित गरिँदा केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले उनलाई हार्दिक बधाई दिएका छन्।
उनले यस सम्मानलाई भारतको निम्ति गौरवपूर्ण क्षण बताउदै भने, यो प्रधानमन्त्री मोदीको वैश्विक नेतृत्वको दूरदर्शिताको प्रतीक हो।
गडकरीले आफ्नो आधिकारिक एक्स पोस्टमा लेखेका छन्, प्रधामन्त्री नरेन्द्र मोदीलाई ब्राजीलको सर्वोच्च नागरिक सम्मानले सम्मानित गरिएकोमा हार्दिक बधाई। यो प्रतिष्ठित सम्मान न केवल उनको दूरदर्शी वैश्विक नेतृत्वलाई मान्यता दिँदछ तर हरेक भारतीयको निम्ति गर्वको क्षण पनि हो। यो सम्मान भारत र भारतवासीहरूप्रति ब्राजीलको गहिरो सम्मानलाई दर्शाउँछ।
उनले अगाड़ी लेखे, यो उपलब्धीले दुवै देशबीच मजबुत बन्दै गइरहेको मित्रतालाई अझ् अधिक गहिरो बनाउने र भविष्यमा परस्पर सहयोगको नयाँ मार्ग प्रशस्त गर्नेछ।
ज्ञात होस्, प्रधानमन्त्री मोदी ब्राजीलका राष्ट्रपति लूला डि सिल्वाको निमन्त्रणामा त्यहाँको यात्रामा छन् र यही अवधि उनलाई यो सम्मान प्रदान गरियो। ग्राण्ड कलर अफ द नेशनल अर्डर अफ द सदर्न क्रस ब्राजीलको सर्वोच्च नागरिक सम्मान हो, जुन कुनै विदेशी नागरिकलाई असाधारण उपलब्धीहरू र योगदानको निम्ति प्रदान गरिन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी