चूरूमा भारतीय वायु सेनाको फाइटर प्लेन जगुआर क्र्याश, दुईको मृत्यु
प्लेन


जयपुर, 09 जुलाई (हि.स.)। राजस्थानको चूरूमा राजलदेसर थाना क्षेत्रमा भारतीय वायु सेनाको फाइटर प्लेन जगुआर क्र्याश भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

चूरू एसपी जय यादवले दुर्घटनाको पुष्टि गर्दै बताए, बुधवार दिउँसो राजलदेसर थाना क्षेत्रको गाउँ भाणूदामा वायु सेनाको ट्विन सीटर फाइटर प्लेन जगुआर क्र्याश भएको छ। यसमा दुई जनाको मृत्यु भएको छ। घटनास्थलमा राजलदेसर पुलिसलाई पठाइएको छ। प्लेनको अवशेषबाट क्षत-विक्षत शव भेटिएको छ। घटनास्थलमा मानिसहरूको भारी भीड़ लागेको छ। मानव अंग सहित प्लेनका टुक्रा पनि ठाउँ-ठाउँमा छरेको छ।

गाउँलेहरू अनुसार, आकाशमा तीव्र आवाजपछि खेतहरूमा आगो र धुआँ उठेको देखियो। लगभग 200 फीटको क्षेत्रमा ठाउँ-ठाउँ प्लेनको जल्दै गरेको टुक्रा झरेको छ। सेना र स्थानीय प्रशासनले शवको पहिचानको प्रक्रिया शुरू गरेको छ। कलेक्टर अभिषेक सुराना र स्थानीय पुलिस अधिकारी घटनास्थलको निम्ति प्रस्थान भइसकेका छन्। सेनाको रेस्क्यू टीम पनि घटनास्थलमा पुगिरहेको छ।

भारतीय सेनासित सम्बन्धित सूत्रहरू अनुसार, दुर्घटना भएको तुरन्तै वायु सेना र स्थानीय प्रशासनको टीमहरू घटनास्थलमा पुगेको छ। पायलट सुरक्षित छ वा छैन र दुर्घटनाको कारण तकनीकी खराबी थियो वा अन्य कुनै कारण, अहिले स्पष्ट हुन सकेको छैन। घटनाको गम्भीरतलाई मध्यनजर राखेर रक्षा मन्त्रालयको तर्फबाट पनि जाँचको आदेश दिनसकिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande