बिहारमा 17 स्टेशनमा बन्द समर्थकहरूले रेल परिचालन बाधित गरे- पूमरे
बि


पटना, 09 जुलाई (हि.स.)। बिहार बन्दको व्यापर असर रेल यातायातमाथि पनि परेको छ। पूर्व मध्य रेलवे (पूमरे) ले बुधवार यसबारे जानकारी दिएको छ। रेलवे अधिकारीहरूले बताए, राज्यभरिका 17 अलग-अलग स्टेशनहरूमा प्रदर्शनकारीहरूद्वारा ट्रेनहरूलाई केही समयको निम्ति रोकियो। यद्यपि, यस अवधि कतै कुनै हिंसा वा तोड़फोड़ भएन।

पूर्व मध्य रेलवेले प्रेस विज्ञप्ती जारी गरी बताएको छ, स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ र परिचालन सामान्य भएको छ।

बिहार बन्दमा विभिन्न स्टेशनहरूमा प्रदर्शनकारीहरूले ट्रेनहरूलाई रोके, जसमा समस्तीपुर मण्डलको नरपतगंज स्टेशनमा गाड़ी संख्या 13211 लाई बिहान 06.00 बजीदेखि 06.02 बजीसम्म रोकियो। यसैगरी दरभंगा स्टेशनमा 06.10 बजीदेखि 06.23 सम्म यसलाई प्रदर्शनकारीहरूले रोकेर राखे।

दानापुर मण्डल अन्तर्गत बिहियां स्टेशनमा गाड़ी संख्या 12392 लाई बिहान 05.50 देखि लिएर 06.05 बजीसम्म तथा गाड़ी संख्या 12333 लाई यसै स्टेशनमा बिहान 06.13 बजीदेखि 06.23 बजीसम्म रोकेर धरना दिइयो।

दीनदयाल उपाध्याय (डीडीयू) रेल मण्डल अन्तर्गत गाड़ी संख्या 12333 लाई बिहान 06.10 बजीदेखि 06.20 बजीसम्म बिहार बन्दमा रोकियो।

समस्तीपुर रेलमण्डल अन्तर्गत दौरम स्टेशन (मधेपुरा) नजिक गाड़ी संख्या 75258 लाई बिहान 07.10 बजीदेखि 07.15 बजीसम्म इन्जिन समक्ष प्रदर्शन गरियो। समस्तीपुर रेलमण्डलकै मधुबनीमा प्रदर्शनकारीहरूले गाड़ी संख्या 14673 नजिक इन्जिन समक्ष 08.05 बजीदेखि 08.20 बजीसम्म विरोध प्रदर्शन गरे। समस्तीपुर रेल मण्डलको दरभंगा जंक्शनमा गाड़ी संख्या 12565 समक्ष झन्डा-ब्यानरको साथ नारा लगाइयो, जसले गर्दा यो ट्रेन 07.57 बजीदेखि 08.18 सम्म प्रभावित भयो।

दानापुर रेलमण्डलको आरा जंक्शनमा बिहान 08.15 देखि 09.10 बजीबीच 12565 सर्कुलेटिङ एरियामा झण्डा ब्यानरको साथ सयको संख्यामा प्रदर्शनकारीहरूले नाराबाजी गरे। समस्तीपर मण्डलको थेरेबिटियामा गाड़ी संख्या 63378 लाई 07.33 देखि 07.50 बजीसम्म 15 देखि 20 जनाले इन्जिन समक्ष प्रदर्शन गरे।

दानापुर मण्डल अन्तर्गत सचिवालय स्टेशन नजिक गाड़ी संख्या 63214 लाई 08.53 देखि 9.00 बजीसम्म 80 देखि 100 जनाले विरोध प्रदर्शन गरे। समस्तीपुर मण्डलको दरभंगा गेट नजिक गाड़ी संख्या 12565 सामू 08.20 देखि 08.25 बजीसम्म 40 देखि 50 जनाले नाराबाजी गरे। डीडीयू मण्डल अन्तर्गत रफीगंज स्टेशन नजिक 8.25 देखि 8.30 बजीसम्म 50 भन्दा धेरै मानिसले प्रदर्शन गरे औं नारा लगाए।

समस्तीपुर मण्डलको परसा-बरियारी नजिक पनि गाड़ी संख्या 63379 लाई 20 को संख्यामा प्रदर्शनकारीहरूले 08.48 देखि 09.08 बजीसम्म रोकेर राखियो।

दानापुर मण्डलको झाझा स्टेशनमा 30 देखि 40 प्रदर्शनकारीहरूले स्टेशनमा प्रदर्शन गरे। यसैगरी समस्तीपुर मण्डलको जयनगर स्टेशनमा 30 देखि 40 जनाले नाराबाजी गरे। सोनपुर रेलमण्डलको खगड़िया स्टेशनमा 10.30 देखि 10.50 बजीसम्म 7 देखि 8 जनाले सर्कुलेटिंग एरियामा झण्डा ब्यानरको साथ प्रदर्शन गरे। उक्त बन्दको अवधिमा कतैपनि रेल परिक्षेत्रमा तोड़-फोड़, आगलागी वा अन्य कुनै अप्रिय घटनाको सूचना पाइएको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande