महाराष्ट्र सरह बिहारमा पनि मतहरूको चोरीको प्रय़ास भइरहेको छ- राहुल गान्धी
गान्धी


पटना, 09 जुलाई (हि.स.)। बिहारमा मतदाता पुनरीक्षण र ट्रेड यूनियनको हड़तालको समर्थनमा आईएनडीआई गठबन्धनको आज बिहार बन्दको असर रेल र सड़क यातायातमाथि परेको छ। राजधानी पटनामा कांग्रेस नेता राहुल गान्धी र तेजस्वी यादवले एकसाथ सड़कहरूमा उर्लिएर विरोध मार्चमा हिस्सा लिए। पटनामा राहुल गान्धीले बन्द समर्थकहरूलाई सम्बोधित गरे। यस अवधि उनको हातमा संविधानको किताब थियो।

उनले आफ्नो सम्बोधनमा भने, बिहारमा भोटको चोरी गर्ने प्रयास भइरहेको छ। म बिहारका जनतालाई भनिरहेको छु कि महाराष्ट्रको चुनाउ चोरी गरिएको थियो। त्यसरी नै बिहारको चुनाउ चोरी गरिने प्रयास भइरहेको छ। यो गरीबहरूको भोट खोस्ने तरीका हो।

उनले चुनाउ आयोगलाई लक्षित गर्दै भने, तपाईलाई जे गर्नुछ गर्नुहोस्, तर पछि कानून तपाईमाथि लागू हुनेछ। नबिर्सिनुहोस्, तपाई जतिपनि प्रभावशाली होस्, कतै पनि बसेका होस्, कानूनले तपाईलाई छाड्नेछैन। तपाईको काम हिन्दुस्तानको संविधानको रक्षा गर्नु हो। तपाईको काम बिहारको जनताको आंकाक्षा पूरा गर्नु हो।

राहुल गान्धीले भने, महाराष्ट्र र हरियाणामा भोटको चोरी गरिएको छ। हामीले इलेक्शन कमिश्नरलाई भेटेका थियौं। मैले उनलाई सोधे, तपाईलाई के लाग्यो ? र सबैले भने, चुनाउ आयुक्त भाजपा सरह कुरा गरिरहेका छन्। उनले बिर्सेका छन्, उनी कुनै राजनीतिक पार्टीका होइनन्, उनी हिन्दुस्तानको इलेक्शन कमिश्नर हुन् र उनको काम संविधानको रक्षा गर्नु हो।

यस अगाड़ी राहुल गान्धी पटना स्थित आयकर गोलम्बर पुगे, जहाँ पहिलेदेखि नै बिहार विधानसभाका नेता प्रतिपक्ष तेजस्वी यादव उपस्थित थिए। यहाँ महागठबन्धनका कार्यकर्ताहरूको भीड़ लागेको थियो। यसपछि तेजस्वी यादव, राहुल गानधी, दीपांकर भट्टाचार्य र मुकेश सहनी जस्ता महागठबन्धनका दिग्गज नेता वाहनमा सवार भई मार्चको निम्ति निस्के।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande