लन्दनमा गुञ्जियो भारतको समुद्री विजन, भारत बन्नेछ जहाज निर्माणमा अग्रणी
लन्दन


लन्दन, 09 जुलाई (हि.स.)। ब्रिटेनको राजधानी लन्दन स्थित इण्डिया हाउसमा मंगलवार आयोजित 'भारत समुद्री निवेश सम्मेलन 2025' मा भारतको समुद्री क्षेत्रमा भइरहेको रणनीतिक विकास र अवसरहरूलाई वैश्विक मंचमा प्रस्तुत गरियो र वैश्विक निवेशकहरूसित यस क्षेत्रमा उपलब्ध अवसरहरूको लाभ उठाउने आह्वान गरियो।

आधिकारिक जानकारी अनुसार, कार्यक्रममा जहाजरानी महानिदेशालयका मुख्य जहाज सर्वेक्षण (स्वतन्त्र प्रभार) प्रदीप सुधाकरले भारत सरकारको समुद्री परिवहनसित जोड़िएका पहलहरू, जहाज निर्माण वित्तीय सहायता नीति (एसबीएफएपी) 2.0 अन्तर्गत गरिरहेका कार्यहरूबारे जानकारी दिए।

उनले बताए, भारत टिकाऊ जहाज निर्माण र पर्यावरण अनुकूल जहाज रिसाइक्लिङमा वैश्विक नेतृत्वको दिशामा मजबूतीले अगाड़ी बढ़िरहेको छ। यो जानकारी केन्द्रिय बन्दरगाह, पोत परिवहन र जलमार्ग मन्त्रालयको आधिकारिक एक्सह्याण्डलमा साझा गरियो।

सम्मेलनमा श्री सुधाकरले बताए, भारतको नयाँ समुद्री नीति देशको वैश्विक प्रतिस्पर्धामा देशलाई सुदृढ़ बनाउन तयार गरिएको हो। उनले थप बताए कि एसबीएफएपी 2.0 नीतिको माध्यमले भारत सरकारले जहाज निर्माण उद्योगलाई वित्तीय सहायता प्रदान गरिरहेको छ, जसबाट घरेलू शिपयार्ड्सले प्रोत्साहन पाइरहेको छ, रोजगारको नयाँ अवसर उत्पन्न भइरहेको छ। उनले नीति अन्तर्गत गरिएका नीतिगत सुधारहरू, क्षमता निर्माण र आधुनिक तकनीकहरूको उपयोगको जानकारी गराउँदै भने, यी पहलहरूको लक्ष्य न केवल देशको समुद्री क्षमतालाई सशक्त बनाउनु हो तर हरित र सतत विकासको दिशामा भारतको प्रतिबद्धतालाई पनि दर्शाउँछ।

यस अवसरमा उनले भारतलाई एक विश्वासिलो निवेश गन्तव्य बताउँदै वैश्विक निवेशकहरूलाई भारतीय समुद्री क्षेत्रमा निवेशको निम्ति आमन्त्रित गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande