प्रय़ागराज, 09 जुलाई (हि.स.)। उत्तर प्रदेशको प्रयागराजमा मेजा थाना क्षेत्रको बेदौली गाउँमा बुधवार बिहान एउटा पोखरीमा चार बाल-बालिकाको शव भेटिएपछि खैलाबैला मच्चेको छ। यिनीहरूको मंगलवार साझँदेखि कुनै अत्तोपत्तो थिएन। पुलिस टीमले घटनास्थलमा पुगेर जाँच गरिरहेको छ।
यमुनानगर पुलिस उपायुक्त विवेक चन्द्र यादवले भने, मेजा थाना क्षेत्रको बेदौली गाउँ निवासी हीरा आदिवासीको छोरा हुनर (5) र छोरी वैणवी (4) तथा विमलको छोरा कन्धा (5), संजय आदिवासीको छोरा केसरी (4) मंगलवार साझँ सबै एकसाथ बाहिर निस्के औं घर फर्केनन्। यिनीहरू घर नर्फिँदा परिजनहरूले खोजबीन शुरू गरे। यस सम्बन्धमा पुलिसलाई पनि सूचना दिइयो। सूचना पाएर मंगलवार राति सहायक पुलिस आयुक्त एसपी उपाध्याय पनि घटनास्थलमा पुगेका थिए।
उनले बताए, बुधवार बिहान गाउँस्थित एउटा पोखरीमा चारै बाल-बालिकाको शव ग्रामीणहरूले देखे र सूचित गरे। यसपछि पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठाएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी