पटना, 09 जुलाई (हि.स.)। बिहारमा विशेष गहन मतदाता सूची पुनरीक्षण विरूद्ध महागठबन्धनको आज डाकिएको बन्दको असर पटना सहित राज्यका विभिन्न जिल्लाहरूमा बिहानदेखि देखिँदैछ। महागठबन्धनको यस बन्दलाई अझ् प्रभावशाली बनाउन कांग्रेस नेता राहुल गान्धी दिल्लीदेखि पटना पुगेका छन्। पटना एयरपोर्टमा कांग्रेस नेताहरूले राहुल गान्धीको स्वागत गरे। केही बेरपछि उनी बन्दमा सामेल हुनेछन्। राहुल तेजस्वी यादवको साथ चुनाउ आयोग कार्यालयसम्म पैदल मार्च गर्नेछन्।
विशेष गहन मतदाता सूची पुनरीक्षण विरूद्ध महागठबन्धनले बिहार बन्दको आह्वान गरेको छ। यस आन्दोलनको नेतृत्व राहुल गान्धीले गर्नेछन्। गत 5 महिनामा राहुलको यो सातौं बिहार दौड़ाह हो। उनले दिवंगत गोपाल खेमकाका परिजनहरूलाई पनि भेट्नसक्छन्।
हिन्दुस्थान समाचार / भवानी थामी