नयाँ दिल्ली, 09 जुलाई (हि.स.)। देशमा बुधवार 10 केन्द्रिय श्रम संगठनहरू (ट्रेड यूनियनहरू) को राष्ट्रव्यापी हड़तालको आह्वानको असर देशभरिमा देख्न पाइएको छ, जसबाट ब्याङ्किङ, डाक, बुजिली र सार्वजनिक परिवहन समेत अन्य धेरै सेवाहरू प्रभावित भएको छ। यद्यपि, देशभरिको कुनैपनि वाणिज्यिक बजारमा कथित भारत बन्दको कुनै प्रभाव परेको छैन।
ट्रेड यूनियनहरूका यी 10 संगठनहरूको मंचले दाबी गरेका छन्, अन्य मुद्दाहरूका साथै नयाँ श्रम संहिताहरूको विरोधमा 25 करोड़ श्रमिकहरूलाई 'आम हड़ताल' को निम्ति सक्रिय गरिँदैछ। यहीबीच अखिल भारतीय मजदूर संघ कांग्रेसका महासचिव अमरजीत कौरले एक बयानमा बताए, बुधवार बिहान देशभरिमा आम हड़ताल शुरू भएपछि पश्चिम बंगाल, केरल, झारखण्ड, कर्नाटक सहित अन्य राज्यहरूबाट हड़तालको खबर र फोटोहरू प्राप्त भएको छ। राष्ट्रव्यापी हड़तालले ब्याङ्किङ, डाक र बिजुली सेवाहरू प्रभावित भएको छ। यसबाट तांबा, कोइला खनन प्रभावित हुनेछ जबकि धेरै राज्यहरूमा सार्वजनिक परिवहनमाथि पनि यसको असर पर्नेछ। पञ्जाब, हरियाणा र राजस्थानको किसान संघले पनि आ-आफ्नो क्षेत्रहरूमा विरोध प्रदर्शन गर्नेछन्।
ट्रेड यूनियनहरूको प्रमुख मागहरूमा चार श्रम संहिताहरूलाई समाप्त गर्नु, ठेकाकरण, सार्वजनिक क्षेत्रका उपक्रमहरूको निजीकरण, न्यूनतम मजदूरीलाई बढ़ाएर 26 हजार रूपियाँ प्रति महिना गर्नु, यसका साथै किसान संगठनहरूको मागहरू सामेल छ, जसमा स्वामीनाथन आयोगको सी-2 प्लस 50 प्रतिशतको फार्मूलाको आधारमा फसलहरूको निम्ति न्यूनतम समर्थन मूल्य र किसानहरूको निम्ति ऋण माफी सामेल छ।
हिन्दुस्थान समाचार / भवानी थामी