पाकिम, 12 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दरले आज संयुक्तरूपमा पाकिममा प्रस्तावित जिल्ला न्यायालय परिसरको लागि आधारशीला राखे। यस अवसरमा सिक्किम उच्च न्यायालयका न्यायाधीश न्यायमूर्ति भाष्करराज प्रधान, कानुन एवं संसदीय मामिला मन्त्री राजु बस्नेत, श्रम विभाग मन्त्री भीमहाङ लिम्बू आदि पनि उपस्थित थिए।
यो कार्यक्रम पाकिम जिल्लाको न्यायिक विकासमा एउटा कोशेढुङ्गा साबित हुने बताइएको छ, जसले यसका नागरिकहरूको लागि पहुँचयोग्य, कुशल र आधुनिक कानुनी सुविधाहरू सुनिश्चित गर्नेछ। प्रस्तावित न्यायालय परिसर एक पटक पूरा भएपछि न्याय प्रदानको लागि उन्नत पूर्वाधार बन्ने अपेक्षा गरिएको छ, जसले वादीहरू, अधिवक्ताहरू र व्यापक समुदायलाई फाइदा पुग्नेछ।
हिन्दुस्थान समाचार / बिशाल