गान्तोक, 12 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राद्यापक सान्तनु कुमार स्वैनलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा जारी सन्देशमा एक प्रतिष्ठित शिक्षाविद्, प्रोफेसर स्वैनले शिक्षण, अनुसन्धान र शैक्षिक नेतृत्वमा चार दशकभन्दा बढी समयदेखि अनुकरणीय सेवा लिएर आएको उल्लेख गरेका छन्। प्रोफेसर स्वैनले हालै बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) मा शिक्षा संकायको प्रमुख र डीनको सम्मानित पद सम्हालेको पनि उनले जानकारी गराएका छन्।
मुख्यमन्त्रीले नवनियुक्त उपकूलपतिलाई उनको दूरदर्शी नेतृत्व, शैक्षिक उत्कृष्टता र विश्वविद्यालयको विकासमा दिगो योगदानले भरिपूर्ण कार्यकालको कामना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल