निर्वाचन आयोगको बैठकमा एसडीएफको सहभागिता
निर्वाचन आयोगको बैठकमा एसडीएफको सहभागिता


गान्तोक, 13 अगस्त (हि.स.)। नाम्ची जिल्लापाल कार्यालयमा आज सम्पन्न जिल्ला स्तरीय निर्वाचन आयोगको महत्वपूर्ण बैठकमा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको तर्फबाट पार्टीका प्रतिनिधिहरूले सहभागिता जनाएका छन्। यस बैठकमा पार्टीको जिल्ला कार्यकारिणी समितिका अध्यक्ष रमेश किराँत तथा उपाध्यक्ष प्रशासनिक मामिला एमबी गुरुङ उपस्थित रहेको जानकारी एसडीएफले आज विज्ञप्तिमा दिएको छ।

बैठकमा जिल्लाभित्र आगामी निर्वाचन प्रक्रियासम्बन्धी विभिन्न विषयहरू, निर्वाचन आचारसंहिता, मतदाता सूची अद्यावधिक, निष्पक्ष र पारदर्शी मतदान सुनिश्चित गर्ने उपायहरू लगायतका महत्त्वपूर्ण बुँदाहरूमा छलफल भएको भयो।

एसडीएफ पार्टीले निर्वाचन आयोगसँगको समन्वयलाई अझ सुदृढ बनाउने, लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहि निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन आवश्यक सबै सहयोग गर्ने आफ्नो अठोट दोहोऱ्याएको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande