गाजियाबाद, 18 अगस्त (हि.स.)। उत्तर प्रदेशको गाजियाबाद जिल्लाको कवि नगर थाना क्षेत्रमा गए आइतवार राति कुकुरलाई बचाउँदा एक जना 26 वर्षीय महिला थानाध्यक्षको स्कुटी कारसित ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा तिनी गम्भीर रूपमा घाइते भइन्। तिनलाई अस्पालमा भर्ती गराइयो जहाँ तिनको उपचारको क्रमा मृत्यु भयो। सूचना पाएर पुलिस बल घटनास्थलमा पुग्यो अनि महिला थानाध्यक्षको परिवारलाई सूचित गऱ्यो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।
कवि नगर थानाको शास्त्री नगर पुलिस चौकीमा तैनाथ थानाध्यक्ष ऋचा सचान अबेर राति लगभग 2:00 बजी ड्यूटी सकिएर स्कुटीमा घर फर्किरहेकी थिइन्। उनी कार्टे चौकमा पुगेपछि उनको स्कुटी अगाड़ि एउटा कुकुर आयो। उनले कुकुरलाई बचाउने चेष्टा गर्दा उनको स्कुटी विपरीत दिशाबाट आइरहेको कारसित ठोक्कियो। उनी सड़कमा लड़िन्। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि ऋचालाई सर्वोदय अस्पतालमा पुऱ्यायो जहाँ तिनको उपचारको क्रममा मृत्यु भयो। ऋचा मूल रूपमा कानपुर निवासी थिइन् भने वर्ष 2023-मा उनले पुलिस विभागमा नोकरी शुरू गरेकी थिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा