सोनादा, 18 अगस्त (हि.स.)। विगतका वर्षहरूमा झैं यस वर्ष पनि रंगबूल फाटकमा अवस्थित गणेश मन्दिरमा 'श्रीगणेश चतुर्थी' पर्व आगामी 27 अगस्तदेखि 6 सेप्टेम्बर, 2025 सम्म भक्तिभावको साथ पालन गरिने भएको छ। नियमित दैनिक पूजा पूर्वान्ह 10 बजीदेखि अपरान्ह 1:30 बजीसम्म हुनेछ अनि बेलुकी प्रत्येक दिन सन्ध्याकालीन भजन-कीर्तनको कार्यक्रम रहनेछ।
6 सेप्टेम्बर अन्तिम दिन बिहान 9 बजीदेखि हवन त्यसपछि पूर्णाहूति टीका-प्रसाद साथै भण्डारा वितरण गरिनेछ। सम्पूर्ण भक्तजनलाई सादर निमन्त्रणा जनाउँदै भगवान गणेशजीको यस पावन पर्वमा सहभागीभई पुण्य अर्जित गर्न आयोजक समितिको तर्फबाट रुपेश छेत्रीले आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक