स्वतन्त्रता दिवसका प्रतिभागी 11 भाइब्रेन्ट गाउँका प्रतिनिधिहरूद्वारा आईटीबीपीप्रति आभार व्यक्त
स्वतन्त्रता दिवसका प्रतिभागी 11 भाइब्रेन्ट गाउँका प्रतिनिधिहरूद्वारा आईटीबीपीप्रति आभार व्यक्त


गान्तोक, 18 अगस्त (हि.स.)। स्वतन्त्रता दिवस समारोह 2025 को अवसरमा सिक्किम राज्यको भाइब्रेन्ट गाउँका 11 विशेष अतिथिलाई दिल्ली भ्रमण अनि दिल्लीमा आयोजित समारोहमा भाग लिन आमन्त्रित गरिएको थियो। सबै अतिथिले लाल किल्लामा 79 औं स्वतन्त्रता दिवस समारोहमा आफ्नो पारम्परिक परिधानमा भाग लिए तथा केही अतिथिलाई माननीय राष्ट्रपति द्रौपदी मुर्मूद्वारा रात्रिभोजको निम्ति आमन्त्रित गरिएको थियो।

भ्रमणको समय, विशेष अतिथिहरूलाई जिल्ला मुख्यालय गान्तोकदेखि दिल्ली जाने र फर्कने कार्य गान्तोक स्थित भारत-तिब्बत सीमा पुलिस बलको क्षेत्रीय मुख्यालयद्वारा पूरा गरिएको थियो। दिल्लीमा खान-बस्न र भ्रमण इत्यादिको समस्या व्यवस्था पनि भारत-तिब्बत सीमा पुलिस बलद्वारा गरिएको थियो।

सबै 11 विशेष अतिथि 13 अगस्तको दिन गान्तोकबाट दिल्लीका लागि प्रस्थान गरेका थिए तथा समारोह अनि भ्रमणको समापनपछि 18 अगस्तको दिन गान्तोक आइपुगे। 18 अगस्तको दिन गान्तोक पुगेपछि उनीहरूलाई उपमहानिरीक्षक, क्षेत्रीय मुख्यालय, भारत-तिब्बत सीमा पुलिस बल, गान्तोकद्वारा स्वागत गरियो तथा अतिथिहरूले आफ्नो अनुभव साझा गरे। सबै ग्रामीणले यो अवसर पाएकोमा प्रसन्नता व्यक्त गर्दै आइटीबीपीलाई धन्यवाद दिएको पीआईबीले बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande