सोनादा, 18 अगस्त (हि.स.)। सोनादाको खोङ खोला पम्प हाउसको घटनालाई लिएर सुरक्षा कर्मचारीलाई निलम्बित गरिएको छ। आइतवार भएको घटनालाई लिएर दार्जिलिङ नगरपालिकाका चेयरम्यान दिपेन ठकुरीले गहिरो समवेदना प्रकट गरेका छन्।
आइतवार अपरान्ह भएको उक्त घटनालाई ध्यानमा राख्दै सुरक्षा कर्मीहरुलाई निलम्बन गरेर जाँच पडताल शुरु गरिएको उनले बताएका छन्।
उल्लेखनीय छ, सोनादा क्षेत्रको खोङ खोलामा आइतवार पम्प हाउसमा पौडी खेल्ने क्रममा दुईजनाको मृत्यु भएको थियो। उक्त घटनामा अप्पर सोनादा निवासी प्रकाश तामाङ (१६ वर्ष) र आर्यन तामाङ (१७ वर्ष) को घटनास्थलमा नै मृत्यु भएपछि स्थानीयहरुमा शोकको लहर छाएको छ। यस घटनालाई लिएर जाँच शुरु गरिएको जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / हनोक