पुलिसले बर्खास्त शिक्षक नेता सुमन विश्वासलाई गऱ्यो पक्राउ
पुलिसले बर्खास्त शिक्षक नेता सुमन विश्वासलाई गऱ्यो पक्राउ


कोलकाता, 18 अगस्त (हि.स.)। पश्चिम बंगालमा एसएससी भवन अभियानपूर्व ठूलो विवाद उत्पन्न भएको छ। बर्खास्त शिक्षकहरूको आन्दोलनबीच चन्दन नगर पुलिस कमिश्नरेटले शिक्षक नेता सुमन विश्वासलाई हुगलीको आदिसप्तग्राम स्टेशनबाट सोमवार पक्राउ गऱ्यो। एक अडियो क्लिपमा पुलिसमाथि बम प्रहार अनि आगलागीको षड़यन्त्र रचेको आरोप सामू आएको छ। तथापि यस अडियोको सत्यताको पुष्टि भएको छैन।

बिधाननगर पुलिस कमिश्नरेटले गए आइतवार एक प्रेस कन्फ्रेन्समा यो अडियो क्लिप सार्वजनिक गरेको थियो। पुलिस अनुसार फोनमा भएको बातचितमा केही बर्खास्त शिक्षकहरूले आगामी आन्दोलन अवधि पुलिसमाथि बम प्रहार गर्ने अनि आगलागीको योजना बनाउँदै गरेको सुनिएको थियो। पुलिसको भनाइ छ, यो षड़यन्त्रसित सुमन विश्वास पनि जोड़िएका छन्।

सुमनको परिवारले यस पक्राउको विरोध गरेको छ। उनका भाइ सञ्जय विश्वासले भने, “आज बिहान मात्र दाज्युलाई आदिसप्तग्राम स्टेशनबाट पक्राउ गरेको कुरा थाहा भयो जबकि उनी आन्दोलनमा सामेल हुनका लागि गइरहेका थिए। न त उनलाई केही भन्न दिइयो, न त यो कुरा बताइयो कि उनलाई कुन थानामा लगेको छ। के वर्ष 2016-मा नोकरी पाउनु अपराध थियो? यदि सरकारी कर्मचारीलाई नै सरकारले अपमानित गऱ्यो भने हामी कहाँ जानु?”

परिवार अनुसार सोमवार भोर बिहान 5:30 बजी पुलिसको एक टीम उनको ब्याण्डेलस्थित घरमा पनि आएको थियो जुन बेला सुमन घरमा थिएनन्।

सोमवार बर्खास्त शिक्षकहरूको संगठन ‘चाकरीहारा योग्य शिक्षक मञ्च’-ले एसएससी भवन अभियान आयोजना गरेको छ। पुलिस अनुसार आन्दोलनको लागि अनुमति दिइएको छैन। बिधाननगर डीसी अनिश सरकारले बताए, पुलिसलाई लगभग 6 मिनटको एउटा रेकर्डिंग हात लागेको थियो जसमा हमला गर्ने योजना बनाएको संकेत थियो। यसै आधारमा मामिला दर्ता भयो अनि कारबाही गरियो। पक्राउ गर्नपूर्व सुमन विश्वासले पुलिसका आरोपहरूलाई खारेज गरिदिएका थिए। उनले भने, “हम हिंसक आन्दोलनको पक्षमा छैनौं। राज्य सरकार आन्दोलनलाई बदनाम गराउन चाहन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande