आरएसएस नभएको भए थाहा छैन देशको कति भाग हुन्थ्योः केशव प्रसाद मौर्य
आरएसएस नभएको भए थाहा छैन देशको कति भाग हुन्थ्योः केशव प्रसाद मौर्य


लखनऊ, 18 अगस्त (हि.स.)। उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले कंग्रेस पार्टीमाथि प्रहार गर्दै भने, कंग्रेसले धेरै पाप गरेको छ।

उपमुख्मन्त्रीले आफ्नो सोशल मीडिया एकाउण्ट एक्समा लेखे, राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) नभएको भए थाहा छैन कंग्रेस राजमा देशको कति भाग हुन्थ्यो। स्वतन्त्रा पश्चात देशलाई एकजुट राख्नमा संघका शाखाहरूले उत्तरदेखि दक्षिणसम्म राष्ट्रलाई एक सूत्रमा बाँधेर राख्ने पावन कार्य गरेका छन्। गान्धी परिवारलाई सत्तामा कायम राख्नको लागि कंग्रेसले यतिधेरै पाप गरेको छ कि जनताले उसको 'नाड़ी' खोलेर दयनीय दशामा पुऱ्याइदिएका छन्।

विदित होस्, गत 15 अगस्तको दिन लाल किल्लाको प्राचीरबाट आफ्नो भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वयंसेवक संघको सय वर्षको यात्राको उल्लेख गर्दै यसका कार्यहरूको सराहना गरेका थिए। त्यसपछि कंग्रेस पार्टीका केही नेताहरूले प्रधानमन्त्रीद्वारा स्वतन्त्रता दिवसमा संघको नाम लिएकोमा विरोध जनाएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande