स्कूलमा चोरी गरेको आरोपमा पक्राउ
स्कूलमा चोरी गरेको आरोपमा पक्राउ


गुवाहाटी, 18 अगस्त (हि.स.)। गुवाहाटीको बामुनीमैदाम सरकारी जूनियर बेसिक स्कूलबाट सामान चोरी भएको सिकायतको आधारमा पुलिसले खोजी अभियान संचालन गरी एक जना आरोपीलाई पक्राउ गरेको छ। आरोपीको पहिचान जमिर अली (27)- को रूपमा भएको छ।

असम पुलिस मुख्यालयबाट प्राप्त जानकारी अनुसार आरोपीको कब्जाबाट चोरीका विभिन्न वस्तुहरू जफ्त गरिएको छ जसमा एउटा सीलिंग फ्यान, एउटा ग्यास स्टोभ, एउटा एसी इनलेट (क्षतिग्रस्त स्थितिमा), दुई वटा कराई (कड़ाई) र एउटा ठूलो आकारको ससप्यान सामेल छन्। पक्रा पर्ने आरोपीले बताए अनुरूप हाफिज नगर रेलवे ट्र्याक नजिक नालामुनि लकाएर राखिएको सात वटा चोरीको सीलिंग फ्यान, छह वटा भत्किएको सीलिंग फ्यानका पुर्जा, औजार (स्क्रू ड्राइभर/ प्लायर्स) आदि सामान जफत गरिएको छ। चाँदमारी पुलिसले आरोपीसित जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande