कुलगाममा आतंकवादरोधी अभियानको आज 14औं दिन
कुलगाममा आतंकवादरोधी अभियानको आज 14औं दिन


श्रीनगर, 14 अगस्त (हि.स.)। कुलगाममा संचालित आतंकवाद-रोधी अभियान बिहीवार 14औं दिन पनि जारी छ। सुरक्षा बलहरूले जंगलको प्राकृतिक गुफा तथा घना जंगलमा लुकेर बसेका आतंकवादीहरूलाई मार्नको लागि अभियानलाई जारी राखेका छन्।

एक जना अधिकारीले भने, अभियान अहिले पनि भइरहेकै छ। सुरक्षा बलले गुफा जस्तो संरचनाहरूमा लुकेर बसेका आतंकवादीहरूलाई बाहिर निकाल्ने चेष्टामा जुटेको छ।

उनले भने, जंगलमा रहेका आतंकवादीहरू अत्यधिक प्रशिक्षित रहेको मानिँदैछ, किनभने तिनीहरूले ड्रोनदेखि बच्नको लागि घना जंगलको फाइदा उठाइरहेका छन्।

जिल्लाको अकाल वन क्षेत्रमा पछिल्लो 1 अगस्तदेखि शुरू भएको भिड़न्तमा सेनाका दुईजना जवान शहीद भइसकेका छन् भने नौजना घाइते भएका छन्। यस अवधि दुईजना आतंकवादीहरू पनि मारिएका छन् जसको पहिचान तथा तिनीहरूको समूहको बारेमा अहिलेसम्म पत्तो लाग्न सकेको छैन। हालका वर्षहरूमा कश्मीर घाटीमा भएको यो सबैभन्दा लामो आतंकवाद रोधी अभियान हो।

अधिकारी अनुसार जम्मू-कश्मीर पुलिस प्रमुख नलिन प्रभात र सेनाका उत्तरी कमाण्डर लेफ्टिनेन्ट प्रतीक शर्माले चौबिसै घण्टा अभियानको निगरानी गरिरहेका छन्। सुरक्षा बलहरूले आतंकवादीहरूमाथि नजर राख्नका लागि ड्रोन तथा हेलिकप्टरलाई तैनाथ गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande