आयुष्मान असमको लागि 325 करोड़ स्वीकृत, बिजुली तथा ग्रीन एनर्जी परियोजनालाई हरियो झण्डी
आयुष्मान असमको लागि 325 करोड़ स्वीकृत, बिजुली तथा ग्रीन एनर्जी परियोजनालाई हरियो झण्डी


गुवाहाटी, 14 अगस्त (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको अध्यक्षतामा गए बुधवार राति सम्पन्न भएको साप्ताहिक राज्य मन्त्रीमण्डलको बैठकमेा स्वास्थ्य, बिजुली, ग्रीन एनर्जी औ व्यापारमा सुधारसित सम्बन्धित केही महत्वपूर्ण फसेला लिइयो।

मन्त्रीमण्डलले मुख्यमन्त्री आयुष्मान असम योजना अन्तर्गत वर्ष 2025-26- मा निशुल्क उपचारको सुविधालाई निरन्तर जारी राख्नको लागि रहल 325 करोड़ रुपियाँलाई स्वीकृति दियो जसान्तर्गत पात्र लाभार्थीहरूले क्याशलेस उपचार पाइरहनेछन्।

बिजुली क्षेत्रमा 500 मेगावाट बिजुलीको खरिदलाई मन्त्रालयबाट 5.79 रुपियाँ प्रतियूनिटको दरमा पोस्ट-फ्याक्टो स्वीकृति दिइयो ताकि बिजुली आपूर्ति सस्तो हुन सकोस्। यसको साथै कार्बी आंगलोंगमा 15 सय मेगावटको पंप्ड स्टोरेज प्रोजेक्टलाई स्वीकृत गरियो जसबाट राज्यको नवीकरणीय ऊर्जा क्षमता सशक्त हुनेछ।

कारबारलाई सुगम बनाउनको लागि असम यूनिफाइड बिल्डिंग कन्स्ट्रक्शन (रेगुलेशन) बाइलज- 2022 मा संशोधन गर्ने स्वीकृति पनि दिइयो। यसबाट औद्योगिकी विकास र ग्रीन बिल्डिंगलाई प्रोत्साहन तथा आर्थिक रूपले कमजोर वर्गको लागि आवास निर्माणमा मद्दत पुग्नेछ।

यस अतिरिक्त मिशन बसुन्धरा 3.0 अन्तर्गत धुबड़ी र बिस्वनाथ जिल्लामा गैर-कृषि भूमिको पुनर्वर्गीकरण तथा हस्तान्तरणसित सम्बन्धित आठ वटा प्रस्तावहरूलाई पनि हरियो झण्डी देखाइयो।

मुख्यमन्त्रीले भने, यो फसेलाले सार्वभौमिक स्वास्थ्य सुविधा, विश्वसनीय बिजुली आपूर्ति, दिगो ऊर्जा लक्ष्य औ निवेशक-हितैषी सुधारहरूप्रति सरकारको प्रतिबद्धतालाई दर्शाउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande