कोलकाता, 14 अगस्त (हि. स.)। जादवपुर विश्वविद्यालयमा राज्यका शिक्षा मन्त्री ब्रात्य बसुको लस्करमा भएको हमलाको मामिलामा पुलिसले ठूलो कारबाही गरेको छ। स्पेनबाट फर्किरहेका विश्वविद्यालयका पूर्व छात्र हिंदोल मजुमदारलाई गए बुधवार राति दिल्ली हवाईअड्डाबाटै पक्राउ गरियो। पक्राउपछि कोलकाता पुलिसको एक टीम उसलाई ट्रान्जिट रिमाण्डमा लिनको लागि दिल्ली प्रस्थान भइसकेको छ। बिहीवार बिहान कोलकाता पुलिसका एकजना वरिष्ठ अधिकारीले यस आशयको जानकारी दिएका हुन्।
यो घटना पछिल्लो एक मार्चको हो जतिबेला ब्रात्य बसु विश्वविद्यालयको वेबकुफा वार्षिक सम्मेलनमा सामेल हुनका लागि पुगेका थिए। यस अवधि वामपन्थी छात्र संगठनका सदस्यहरूले उनलाई घेरेर विरोध प्रदर्शन गरे अनि उनको वाहनमा तोड़फोड़ पनि गरे। यस भाग-दौड़मा मन्त्रीको स्वास्थ्य पनि बिग्रिएको थियो जसले गर्दा उनलाई एसएसकेएम अस्पतालमा भर्ती गर्नुपऱ्यो।
घटनापछि जादवपुर थानामा एफआईआर दर्ता गरिएको थियो जसमा हिंदोल मजुमदारको नाम सामेल थियो। तिनी विरूद्ध लुकआउट नोटिस जारी गरिएको थियो। मजुमदारले जादवपुर विश्वविद्यालयबाट फार्मेसीमा बी-टेकको पढ़ाई गरेका छन् र शोधको लागि लामो समयदेखिकै स्पेनमा बस्दै आइरहेका छन्। भारत फर्किनसाथ इमिग्रेशन विभागले तिनलाई हिरासतमा लिेर कोलकाता पुलिसलाई सूचना दियो।
अधिकारीहरू अनुसार मजूमदारलाई बिहीवार दिल्लीको अदालतमा पेश गरी ट्रान्जिट रिमाण्डमा कोलकाता ल्याइनेछ जहाँ यस मामिलाको अग्रिम जाँच गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा