शोक सन्तप्त परिवारसित बीडीओले गरे भेट, भने-जोखिमपूर्ण घरहरूलाई चिन्हित गरिनेछ
शोक सन्तप्त परिवारसित बीडीओले गरे भेट, भने-जोखिमपूर्ण घरहरूलाई चिन्हित गरिनेछ


जलपाईगुड़ी, 14 अगस्त (हि.स.)। जिल्लामा घर भत्किएर दुई जना नानीहरूको मृत्यु भएको घटनापछि ब्लक प्रशासन सतर्क भएको छ। ब्लक प्रशासनले जोखिमपूर्ण अवस्थामा रहेका घरहरूलाई चिन्हित गर्न शुरू गर्नेछ। बिहीवार पीड़ित परिवारसित भेट गर्न पुगेका बीडीओ प्रशान्त बर्मनले उक्त मन्तव्य व्यक्त गरे।

वास्तवमा गत मंगलवार राति राजगञ्ज ब्लकको साहुडांगीस्थित पघलुपाड़ा गाउँमा छिमेकीको घर भत्किएर पुरिएका तीन वर्षीय मधुमिता महन्त र डेढ़ वर्षीय देबयान महन्तको मृत्यु भएको थियो। घटनापछि क्षेत्रमा शोक व्याप्त भएको छ।

राजगञ्जका बीडीओ प्रशान्त बर्मन बिहीवार शोक सन्तप्त परिवारसित भेट गर्न उनको घरमा पुगे। उनीसित बिन्नागुड़ी ग्राम पञ्चायतका प्रधान समिजुद्दीन अहमद र क्षेत्रका प्रतिनिधिहरू पनि थिए। बीडीओले परिवारका सदस्यहरूसित बातचित गर्दै सरकारद्वारा हरसम्भव सहयोग गरिने आश्वासन दिए। उनले आफ्नो पहलमा परिवारलाई आर्थिक सहयोग पनि प्रदान गरे।

बीडीओ प्रशान्त बर्मनले भने, भविष्यमा यस्ता दुर्घटनाहरूदेखि बच्नको लागि ब्लक तथा जिल्ला प्रशासनले क्षतिग्रस्त एवं जोखिमपूर्ण अवस्थामा रहेका घरहरूलाई चिन्हित गरी तत्काल कारवाही गर्ने पहल गर्नेछन् ताकि यस्तो दुर्घटनाको पुनरावृत्ति नहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande