दुर्गा पूजापूर्व बंगालले पाउनेछ ठूलो उपहार, कोलकातामा 22 अगस्तदेखि तीन वटा नयाँ मेट्रो रूट शुरू हुने
दुर्गा पूजापूर्व बंगालले पाउनेछ ठूलो उपहार, कोलकातामा 22 अगस्तदेखि तीन वटा नयाँ मेट्रो रूट शुरू हुने


कोलकाता, 14 अगस्त (हि.स.) । पश्चिम बंगालको राजधानी कोलकातामा आगामी 22 अगस्तको दिन तीन वटा नयाँ मेट्रो रूटहरूको उद्घाटन गरिनेछ। नोआपारादेखि जय हिन्द एयरपोर्ट स्टेशन, रूबीदेखि बेलेघाटा औ एस्प्लानेडदेखि सियालदहबीच यी नयाँ सेवाहरू शुरू गरिनेछ। यीमध्ये एस्प्लानेडदेखि सियालदहबीच शुरू हुने मेट्रो रूट बहुप्रतीक्षित छ र यो शुरू भएपछि महानगर कोलकाता हावड़ा र 24 परगनासित जोड़िनेछ। धर्मतल्ला औ सियालदहबीच मेट्रो सेवा शुरू भएपछि हावड़ा मैदानदेखि मेट्रो प्रवेश गरेपछि कोलकाताको कुना-कुनामा अनि अर्कोतिर दक्षिणेश्वरदेखि सल्ट लेकसम्मको यात्रा एकसाथ गर्न सकिनेछ।

मेट्रो रेलवेका प्रवक्ता रूपक मित्राले यसको पुष्टि गर्दै बिहीवार बताएको छ, यस उद्घाटनको तयारी पूरा भइसकेको छ। उनले बताए, प्रधानमन्त्री नरेन्द्र मोदीको बाहुलीबाट यसको उद्घाटन हुने सम्भावना छ। खबर छ, प्रधानमन्त्रीको उद्घाटन कार्यक्रमपछि उत्तर 24 परगनामा एक जनसभालाई पनि सम्बोधन गर्नेछन्।

सूत्र अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी यस अवसरमा कोलकाता आउनेछन्। पहिला यो कार्यक्रम आगामी 20 अगस्तमा प्रस्तावित थियो, तर संसदको मनसुन सत्र 21 अगस्तसम्म चल्ने हुनाले तिथिलाई अगाड़ि बढ़ाइएको हो। अब आगामी 22 अगस्तमा प्रधानमन्त्रीका दुई वटा प्रमुख कार्यक्रम लगभग तय मानिँदैछ। तथापि अहिलेसम्ममा आधिकारिक रूपमा प्रधानन्त्रीको दौड़ाहको पुष्टि भएको छैन।

भाजपाको राज्य एकाईले केन्द्रिय नेतृत्वलाई यस वर्षको रहल पाँच महिनामा प्रधानमन्त्रीले पाँच वटा जनसभाहरू गर्ने प्रस्ताव दिएको छ अर्थात हरेक महिना एउटा जनसभा। जनवरीमा कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा पनि एक विशाल ऱ्याली आयोजना गर्ने योजना रहेको छ जसलाई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन्।

पार्टी सूत्रको भनाइ छ, आगामी दिनमा हुने सभाहरूको स्थान यसरी तय गरिएको छ ताकि दक्षिण र उत्तर बंगालका प्रमुख भागहरूलाई कभवर गर्न सकियोस्। यसको लागि जिल्लाका सीमावर्ती क्षेत्रहरूमा कार्यक्रम आयोजना गर्ने योजनामाथि काम गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande