गुवाहाटी (असम), 14 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा बिहीवार एक डिजीटल पोर्टल लञ्च गरे जसको माध्यमबाट राज्यका “संवेदनशील क्षेत्रहरू”-मा बस्ने स्वदेशी नागरिकहरूले हतियारको लाइसेन्सको निम्ति अनलाइन आवेदन गर्न सक्नेछन्।
मुख्यमन्त्रीले बताए, यो पहल जिम्मेवार नागरिकहरूलाई सशक्त बनाउन अनि शान्ति कायम राख्नको साथै कानून व्यवस्थालाई सुदृढ़ बनाउने उदेश्यले गरिएको हो। लाइसेन्स कड़ा जाँच अनि बहुस्तरीय सत्यापन प्रक्रियापछि मात्र जारी गरिनेछ।
आवेदकहरूको कुनै प्रकारको आपराधिक रेकर्ड हुनु हुँदैन, मानसिक रूपमा स्वस्थ हुन आवश्यक छ तथा उनीहरूले हतियारको प्रशिक्षण लिनुपर्छ। यसको साथै उनीहरूले आफ्नो संवेदनशीलतालाई साबित गर्नको लागि ठोस कारण प्रस्तुत गर्नुपर्नेछ।
नीतिलाई स्पष्ट पार्दै सीएमले भने, सरकारले हतियार उपलब्ध गराउने छैन। भारतीय शस्त्र अधिनियम अन्तर्गत लाइसेन्स मात्र जारी गर्नेछ।
मुख्यमन्त्री सम्वाददाता सम्मेलनलाई सम्बोधन गर्दै भने, क्यान्सरको उपचारको फिस वृद्धि पूर्ण रूपले गलत छ। आयुष्मान कार्ड धारकहरूको फिसमा वृद्धि भएको छ। तर आम मानिसहरूको लागि कुनै वृद्धि भएको छैन। उनले भने, यस बिमारीको उपचार गराउने 98 प्रतिशत विभिन्न प्रकारका कार्ड धारक छन्। विशेष गरी आयुष्मान कार्ड धारक जसको पैसा सरकारले दिन्छ। त्यसैले क्यान्सरको उपचारमा कुनै पनि प्रकारको अधिक मूल्यले चिन्तित हुने आवश्कता छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा