79औं स्वतन्त्रता दिवसलाई लिएर व्यापक तयारी, गुवाहाटी सहित राज्यभरि नै गहन खोजी अभियान जारी
79औं स्वतन्त्रता दिवसलाई लिएर व्यापक तयारी, गुवाहाटी सहित राज्यभरि नै गहन खोजी अभियान जारी


गुवाहाटी, 14 अगस्त (हि.स.)। 79औं स्वतन्त्रता दिवस समारोहको निम्ति गुवाहाटी लगायत राज्यभरि नै व्यापक तयारी गरिँदैछ। सुरक्षाको ठोस बन्दोबस्त गर्नको लागि महानगरका विभिन्न क्षेत्रहरूमा पुलिसले गहन खोजी अभियान संचालन गरिरहेको छ।

यसै क्रममा महानगरको मालीगाउँ क्षेत्रमा पनि विशेष अभियान संचालन गरियो। पुलिसले संदिग्द व्यक्तिको जाँच गर्नको साथै महत्वपूर्ण स्थानहरूमा अतिरिक्त सुरक्षा व्यवस्था लागू गरेको छ। स्वतन्त्रता दिवसलाई शान्तिपूर्ण एवं सुरक्षित ढंगमा मनाउनको लागि सबै विभागले मिलेर काम गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande