एफआरआरओले राज्यका मुख्य चुनाउ आधिकारीलाई 21 जना बंगलादेशी नागरिकहरूको सूची पठायो
एफआरआरओले राज्यका मुख्य चुनाउ आधिकारीलाई 21 जना बंगलादेशी नागरिकहरूको सूची पठायो


कोलकाता, 14 अगस्त (हि.स.)। केन्द्रिय गृह मन्त्रालय अधिनस्थ विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालय (एफआरआरओ) ले राज्यका मुख्य चुनाउ अधिकारीलाई 21 जना बंगलादेशीहरूको नाम अंकित एउटा सूची पठाएको छ। यिनीहरू सबैसित बंगलादेशी पासपोर्ट छ। यिनीहरूबाट अवैध रूपमा हासिल गरेको भारतीय भोटर कार्ड, आधार कार्ड, प्यान कार्ड र राशन कार्ड भेटिएको छ।

यहाँंसम्म कि यिनीहरूमध्ये कतिपयबाट भारती पासपोर्ट पनि जफ्त गरिएको छ। यी 21 जनामध्ये कतिपय बनगाउँ सीमाबाट अवैध रूपमा भारतमा प्रवेश गरेका थिए भने कतिपय मेडिकल भिजामा बंगलादेशबाट भारतमा आएका थिए र पछि यिनीहरूले आफ्नो परिवारका अन्य सदस्यहरूलाई अवैध रूपमा अनुप्रवेश गराएर भारतमा ल्याएका थिए।

यी 21 जना बंगलादेशीहरूमध्ये कतिपय 2017-सालदेखि न टुरिस्ट भिजामा भारतमा बस्दै आइरहेका थिए। कतिले त बेहालामा जमीन समेत खरिद गरिकेका छन्। भारतदेखि बंगलादेश जाने-आउने क्रममा आव्रजन विभागको काउन्टरमा यी बंगलादेशी नागरिकहरूसित भारतीय दस्तावेज रहेको भेटियो।

यस पूर्व गत 5 अगस्तमा विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालयद्वारा थप 6 जना बंगलादेशीहरूको सूची मुख्य चुनाउ अधिकारी कार्यालयलाई पठाइएको थियो। यिनीहरूमध्ये प्रत्येकको भारतीय दस्तावेज रद्द गर्ने सिफारिस मुख्य चुनाउ आयुक्तसित गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande