इञ्जिनमा गड़बड़ीको कारणले घण्टौं रोकियो पदातिक एक्सप्रेस
इञ्जिनमा गड़बड़ीको कारणले घण्टौं रोकियो पदातिक एक्सप्रेस


जलपाईगुड़ी, 14 अगस्त (हि.स.)। इञ्जिन बिग्रिएको कारणले सियालदहदेखि न्यू अलिपुरद्वार जाने पदातिक एक्सप्रेस रानीनगर स्टेशनमा घण्टौं रोकियो जसले गर्दा यात्रीहरू रूष्ट भए अनि बबाल गर्न शुरू गरे। यस अवधि केही यात्रीहरू बस मार्फत आफ्नो गन्तव्यतर्फ गए।

वास्तवमा सियालदहदेखि न्यू अलिपुरद्वार तर्फ जाने पदातिक एक्सप्रेस बिहीवार बिहान न्यू जलपाईगुड़ी स्टेशनदेखि प्रस्थान भयो। तर लगभग साढ़े दश बजे रानीनगर स्टेशन नजिक इञ्जिन खराब भयो। पदातिक एक्सप्रेस लगभग दुई घण्टासम्म त्यहीँ रोकियो। त्यसपछि यात्रीहरूले खैलाबैला गर्न थाले। केही यात्रीहरू ट्रेनबाट उत्रेर बस मार्फत आफ्नो गन्तव्य तर्फ प्रस्थान भए। लगभग अढ़ाई घण्टासम्म इञ्जिन खराब भएपछि पदातिक एक्सप्रेस रानीनगर स्टेशनदेखि आफ्नो गन्तव्य तर्फ प्रस्थान भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande