मालदह, 14 अगस्त (हि. स.)। मालदह जिल्लाको कालियाचक थानाको पुलिसले बितेका दुई दिनभित्रमा तीन वटा हतियार र तीन वटा गोली जफत गरेको छ भने दुई जना नाबालिक सहित चार जनालाई पक्राउ गरेको छ। पुलिसले बताए अनुसार मामिला दर्ता गरी कारबाही शुरू गरिएको छ। पक्रा पर्ने आरोपीहरूमा तोहिदुर शेख र जुयेल शेख शामिल सामेल छन् भने दुईजना नाबालिकको नाम खुलासा गरिएको छैन। दुवै आरोपी कालियाचकको नतुनग्राम गाउँस्थित रामशंकर टोला निवासी रहेेको बताइएको छ। यस मामिलामा पुलिसले जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा