कोलकाता, 14 अगस्त (हि. स.)। मुख्यमन्त्री ममता ब्यानर्जीले बिहीवार भनिन्, यदि बंगाल नभएको भए भारतले स्वाधीनता पाउँदैनथ्यो। उनले भनिन्, बंगालको माटोले यस्ता महान व्यक्तित्वहरू जन्माएका छन् जसले देशको दिशा तय गर्नमा निर्णायक योगदान दिए। बिहीवार कन्याश्री योजनाको 12औं वर्षगाँठमा आयोजित कार्यक्रममा बोल्दै ममता ब्यानर्जीले भनिन्, रविन्द्रनाथ टैगोर, काजी नजरुल इस्लाम औ नेताजी सुभाष चन्द्र बोस जस्ता महानायक यसै भूमिबाट उत्पन्न भएका हुन्। राष्ट्रिय गान, राष्ट्रिय गीत तथा ‘जय हिन्द’- को नारा पनि बंगालकै देन हो।
मुख्यमन्त्रीले भनिन्, भारतको स्वतन्त्रता संग्राममा सबैभन्दा अधिक बलिदान बंगालका मानिसहरूले दिए। उनले दाबी गरिन्, अण्डमानको सेलुलर जेलमा बन्द लगभग 70 प्रतिशत बन्दीहरू बंगालकै थिए भने पञ्जाब दोस्रो स्थानमा रह्यो। यदि बंगाल नभएको भए भारतले स्वाधीनता पाउँदैनथ्यो। बंगाल एउटा यस्तो धरती हो जुन विविधतामा एकताको प्रतीक अनि आशाको किरण हो।
भाषालाई लिएर केन्द्रलाई लक्षित गरिन्
ममता ब्यानर्जीले भनिन्, बंगालको भाषा अनि संस्कृतिको सम्मान हुनुपर्छ। उनले हालैमा नोएडाको एक घटनाको उल्लेख गरे जहाँ बंगाली बोल्दा पिता-पुत्रलाई होटलको कोठा दिइएन। उनले प्रश्न उठान गरिन्, यदि हामीले तपाईहरूको भाषालाई सम्मान गर्न सक्छौं भने तपाईहरूले हाम्रो भाषालाई किन सम्मान गर्न सक्नुहुन्न?
मुख्यमन्त्रीले केन्द्र सरकारमाथि बंगालको फण्ड रोकेको अनि उच्च शिक्षामा छात्रवृत्तिमाथि रोक लगाएको आरोप लगाइन्। उनले भनिन्, विश्वविद्यालय अनुदान आयोग (यूजीसी)-ले अनुसन्धान गतिविधिहरूको लागि सहयोग गर्न लगभग बन्द गरिदिएको छ जसपश्चात राज्य सरकार स्वयंले यसको निम्ति सहायता दिरहेको छ।
ममता ब्यानर्जीले भनिन्, केही भाषाहरू सिक्नुपर्छ, अंग्रेजी पनि, तर आफ्नो मातृभाषालाई भुल्नु हुँदैन। उनले बंगाली भाषालाई “सर्वव्यापी मिठासले भरिएको” बताइन्।
मुख्यमन्त्रीले भनिन्, विभाजनपछि भारतमा आएका सबै मानिसहरू यहाँका नागरिक हुन्। उनले सबसित अपील गरिन्, स्वाधीनता दिवसको पूर्व सन्ध्यामा संकीर्ण सोच तथा विभाजनकारी विचारहरूलाई त्यागेर एकता कायम राखौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा