कन्याश्री दिवसमा ममता ब्यानर्जीको सन्देशः हामी महिला सशक्तिकरणको कुरा मात्र गर्दैनौं गरेर देखाउँछौ पनि
कन्याश्री दिवसमा ममता ब्यानर्जीको सन्देशः हामी महिला सशक्तिकरणको कुरा मात्र गर्दैनौं गरेर देखाउँछौ पनि


कोलकाता, 14 अगस्त (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले कन्याश्री योजनाको 12औं वर्षगाँठमा राज्यका सबै लाभार्थी बालिकाहरूलाई बधाई दिइन्। उनले भनिन्, यो बंगाल मात्र नभएर देश-दुनियाँकै लागि गर्वको कुरा हो कि कन्याश्री योजनाले थोरै समयमा समाजमा छोरीहरूको सशक्तिकरणको उदाहरण पेश गरेको छ।

मुख्यमन्त्रीले बिहीवार ट्वीट गरी भनिन्,आज कन्याश्री दिवस हो। हाम्रो गर्व, कन्याश्री योजनाले आज 12 वर्ष पूरा गरिरहेको छ। यस योजना अन्तर्गत अहिलेसम्ममा 93 लाखभन्दा अधिक कन्याहरूलाई सशक्त बनाइसकिएको छ। उनीहरूको हातमा 17 हजार 5 सय करोड़ रुपियाँभन्दा अधिक राशि दिसकिएको छ।

ममता ब्यानर्जीले भनिन्, विश्वका 62 वटा देशहरूका 552 सरकारी योजनाहरूमा कन्याश्री योजनालाई पहिलो स्थान प्राप्त भएको छ भने यसले संयुक्त राष्ट्रको पब्लिक सर्भिस अवार्ड पनि पाइसकेको छ। उनले भनिन्, यति थेरै समयमा समाजमा छोरीहरूलाई सशक्त बनाउने सायदै अर्को कुनै सरकारी योजना छैन।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनिन्,म सदैव मान्छु कि जुन समाजमा छोरीहरू सुरक्षित तथा सशक्त हुँदैनन्, त्यो समाजले कहिल्यै पनि प्रगति गर्न सक्दैन। त्यसैले हामीले महिला सशक्तिकरणको कुरा मात्र गरेका छैनौं, यसलाई पूरा गरेर देखाएका पनि छौं।

उनले कन्याश्री लाभार्थीहरूसित अपील गरिन्, उनीहरू जीवनमा अगाड़ि बढ़ुन्, राज्य एवं देशको सुनाम फैलाउन् तथा विश्व स्तरमा सम्मान आर्जन गरुन्। ममता ब्यानर्जीले भनिन्, तिमीहरूले नै एक दिन विश्व बंगाल बनाउनेछौं, तिमीहरूले नै आफ्नो शिरमा सम्मानको श्रीपेच लगाउनेछौं।

मुख्यमन्त्रीले अन्तमा नारा दिँदै लेखे, जय हिन्द, जय बंगला, जय कन्याश्री!

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande