रूखमा झुण्डिरहेको अवस्थामा भेटियो नाबालिकको शव
रूखमा झुण्डिरहेको अवस्थामा भेटियो नाबालिकको शव


सिलगढ़ी, 14 अगस्त (हि.स.)। नाबालिक युवतीको शव रूखमा झुण्डिरहेको अवस्थामा भेटिएपछि क्षेत्रमा कोकोहोलो मच्चियो। घटना खोरीबाड़ी ब्लकको फुलबाड़ी चिया बगानस्थित अम्बालाइन क्षेत्रमा बिहीवार भएको हो। हत्या हो वा आत्महत्या? नाबालिकको परिवार असमञ्जसको स्थितिमा छ।

स्थानीय सूत्रानुार अनुसार नाबालिक युवतीको स्थानीय एकजना युवकसित प्रेम सम्बन्ध थियो। यसै महिनाको गत 9 तारिक आफन्तको घरमा जान्छु भनेर नाबालिक प्रेमीको घरमा गएकी थिई। यो कुरा परिवारले थाहा पाएपछि नाबालिकका माता-पिता केटाको घरमा पुगे। तर केटी घरमा आउन चाहँदिन थिई।

त्यसपछि युवतीका माता-पिता घरमा फर्केर आए। त्यसपछि पनि युवती प्रेमीको घरमा थिई। यसबीच बिहिवार स्थानीय मानिसहरूले शवलाई रूखमा झुण्डिरहेको देखे। खोरीबाड़ी थानाको पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ।

घटनाको खबर पाएर युवतीको परिवार घटनास्थलमा पुग्यो। परिवारले युवतीको स्वभाविक मृत्युको लागि प्रेमी र उसको परिवारलाई जिम्मेवार छहर गरेको छ। खोरीबाड़ी थानाको पुलिस घटनाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande