नर्सिङ होममा झुण्डिरहेको भेटियो नर्सको शव, दुष्कर्मपछि हत्या गरेको आरोप
नर्सिङ होममा झुण्डिरहेको भेटियो नर्सको शव, दुष्कर्मपछि हत्या गरेको आरोप


हुगली, 14 अगस्त (हि. स.)। हुगली जिल्ला पुलिस (ग्रामीण)- को सिंगुर थाना अन्तर्गत बोराई तेमाथा क्षेत्रस्थित शिवम सेवासदन नर्सिंग होमको चौथो तलामा अवस्थित एउटा कोठामा गए बुधवार अबेर राती एकजना नर्सको गलफन्दामा झुण्डिरहेको शव भेटियो। परिवारको आरोप छ, उनीहरूकोछोरीको दुष्कर्मपछि हत्या गरिएको हो।

प्राप्त जानकारी अनुसार मृत युवती नन्दीग्रामको रायनगर निवासी थिइन्। उसले पछिल्लो वर्ष बेंगलुरूबाट नर्सिंङको पढ़ाई पूरा गरेकी थिइन्। अनुभव हासिल गर्नको लागि उसले सिंगुरको बोराई तेमाथा क्षेत्रस्थित शिवम सेवासदन नर्सिङ होममा हालैमा प्रशिक्षित नर्सको रूपमा नोकरी शुरू गरेकी थिइन्।

परिवारले यो पनि भन्यो, उनीहरूकी छोरीले आत्महत्या गर्न सक्किन। उनीहरूको प्रश्न छ, पुलिसले उनीहरू पुग्न अगावै शवलाई किन उठाइयो? घटनापछि स्थानीय मानिसहरूले पुलिसलाई घेरेर विरोध प्रदर्शन गरे। पुलिसले शवलाई पोस्टमर्टम गर्न पठाएर घटनाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande