यूपी विधानसभामा सपा विधायकले योगी सरकारमा कानून व्यवस्थाको सराहना गरिन्
यूपी विधानसभामा सपा विधायकले योगी सरकारमा कानून व्यवस्थाको सराहना गरिन्


लखनऊ, 14 अगस्त (हि.स.)। उत्तर प्रदेश विधानसभामा 'भिजन डक्यूमेन्ट 2047'-माथि 24 घण्टादेखि भइरहेको म्याराथन चर्चाको क्रममा समाजवादी पार्टी (सपा)- की विधायक पूजा पालले सदनको कारबाहीमा सामेल हुँदै आफ्नो सम्बोधनमा योगी सरकारमा कानून व्यवस्थाको सराहना गरिन्।

सपा विधायक पूजा पालले भनिन्, मुख्यमन्त्री योगी आदित्यनाथले जीरो टलरेन्स जस्तो नीति लागू गरेर म जस्तै कैयौं महिलाहरूलाई न्याय दिलाए जसकारण अतिक अहमद जस्ता अपराधी मारियो। उनले भनिन्, सबैलाई थाहा भएको कुरा होकि मेरा पतिको हत्या कसले गऱ्यो। म मुख्यमन्त्रीलाई धन्यवाद दिन चाहन्छु कि उनले मलाई न्याय दिलाए अनि मेरो कुरा त्यसबेला सुने जतिबेला कसैले पनि मेरो कुरा सुनेका थिएनन्।

आज सारा प्रदेशले मुख्यमन्त्री योगी तर्फ भरोसापूर्ण नजरले हेर्ने गर्दछ। 'मेरा पतिको हत्यारा अतिक अहमदलाई मुख्यमन्त्रीले माटोमा मिलाइदिए।' मैले त्यसबेला आवाज उठाएँ जतिबेला अतिक अहमद जस्तो अपराधीको विरोधमा कोही पनि जान चाहँदैन। म यस लड़ाईँमा थाक्न थालेपछि मुख्यमन्त्री योगी आदित्यनाथले मलाई न्याय दिलाए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande