इम्फाल, 14 अगस्त (हि.स.)। मणिपुर पुलिसका अधिकारीहरूले बताएका छन्, स्वतन्त्रता दिवस समारोहपूर्व राजधानी इम्फाल सहित राज्यभरि नै सुरक्षाको ठोस बन्दोबस्त गरिएको छ।
केइसमपट र मोइरंगखोम जंक्शन जस्ता प्रमुख स्थानहरूमा सेना तथा असम राइफल्स लगायत राज्य बल अनि केन्द्रिय सशस्त्र पुलिस बलका टुकडीहरूको तैनाथीलाई बढ़ाइएको छ।
15 अगस्तका समारोहहरूको लागि प्रथम मणिपुर राइफल्सको मैदान तथा जिल्ला मुख्यालयमा अभ्यास भइरहेको छ जसमा सीआरपीएफ, पुलिस, असम राइफल्सका जवान एवं विद्यार्थीहरूले मार्च-पास्ट अभ्यासमा भाग लिरहेका छन्। सीआरपीएफ अनुसार उसले गए बुधवार रणनीतिक स्थनहरूमा मोबाइल चेक पोस्ट स्थापना गऱ्यो, 443 वटा वाहनहरूको निरीक्षण गऱ्यो तथा 722 जना मानिसहरूको जाँच गऱ्यो।
केही प्रतिबन्धित संगठनहरूद्वारा शुक्रवार डाकिएको आम हड़तालबीच सुरक्षा बढ़ाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा